arrow

उद्योग व्यापार संघको माईन्युट नेकपा समर्थित व्यापारीले बनाए गायव

logo
प्रकाशित २०७६ भदौ ३१ मंगलबार
ncp-flag.jpg

बाँके। बाँकेको बैजनाथ उद्योग व्यापार संघको साधारण सभामा उपस्थिति गराईएको माईन्युट गायब गरिएको छ ।

बैजनाथ उद्योग व्यापार संघ तर्दथ समितिका अध्यक्ष जर्नादन पोख्रेलको सभापतित्वमा मंगलवार भएको संघको साधारण सभामा सदस्यहरुको उपस्थिति गराईएको माईन्युट नै नेकपा समर्थक व्यापारीहरुले गायब गराएका छन् ।

अध्यक्ष पोख्रेलले उद्घाटन सत्र सम्पन्न गरी बन्द सत्र सुरु नै नगरी माईन्युट लिएर भागेको नेपाली काँग्रेस जिल्ला सचिव कपिलदेव शर्माले बताएका छन् । उनका अनुसार नेपाली काँग्रेस समर्थक व्यापारीहरुले निर्वाचनमा जित्ने सम्भावना भएपछि नेकपा निकट व्यापारीहरुले साधारण सदस्यहरुले उपस्थिति जनाएको माईन्यूट नै लिएर भागेका  छन् ।

साधारण सभाबाट बैजनाथ उद्योग व्यापार संघको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रियामा जाने वा सहमति गर्ने भन्ने विषयमा बन्द सत्रमा छलफल हुनुपर्नेमा माईन्युट र अध्यक्ष नै फरार भएको सचिव शर्माले बताएका छन् ।

संघको साधारण सभाको प्रमुख अतिथिको रुपमा बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल, विशिष्ट अतिथिमा पूर्व राज्य मन्त्री दलबहादुर सुनारको सहभागिता रहेको थियो । साथै बैजनाथ उद्योग व्यापार संघ तदर्थ समितिका अध्यक्ष जर्नादन पोख्रेलसँग सम्पर्क गर्न खोज्दा उनको मोबाईल स्वीच अफ गरेका कारण सम्पर्क हुन सकेन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ