arrow

मुसलमान बन्न नमानेपछि पाकिस्तानमा एमबीबीएस अध्ययनरत हिन्दु छात्राको हत्या

logo
प्रकाशित २०७६ भदौ ३१ मंगलबार
Namrita-Chandan-pakistani-hindu-girl.jpg

काठमाडौं। अल्पसंख्यक हिन्दु, सिख समुदायप्रति पाकिस्तानमा एकपछि हिंसाको घटना सार्वजनिक भएका छन्। स्थानिय हिन्दु शिक्षकसँगै मन्दिरमा आक्रमणको घटना सेलाउन नपाउँदै मंगलवार एमबीबीएस अध्ययनतर अल्पसंख्यक हिन्दु समुदायकी एक मेडिकल छात्रा पनि आक्रमणको शिकार भएकी छिन्। ती छात्रा होस्टलमा मृत भेटिएकी छिन्।

पाकिस्तानको सिन्धस्थित घोटकीकी मेडिकल छात्रा नम्रता चंदानी लरकानास्थित छात्रावासमा मृत फेला पाइएकी हुन्। घोटकी त्यहि स्थान हो जहाँ अल्पसंख्यक हिन्दु समुदायमाथि आक्रमण र मन्दिर तोडफोडको खबर आएको थियो।  

पाकिस्तानको बीबी आसिफा डेन्टल कलेजको अन्तिम वर्षकी छात्रा नम्रता चंदानी आफ्नै छात्रावासकै कोठामा मृत अवस्थामा फेला परेकी हुन्। उनको गलामा डोरी बाधिएको थियो। प्रहरीले घटनाको अनुसन्धान भइरहेको उल्लेख गर्दै हत्या या आत्महत्या के हो भन्ने एकिन गर्न हतारो हुने बताए। नम्रताको परिवार भने कराचीमा रहँदै आएको छ। 

पाकिस्तानकै सिन्ध प्रान्तस्थित घोटकीको सिन्ध पब्लिक स्कूलको प्रधानाचार्य उपर इस्लामको संस्थापक मोहम्मदको बिरुद्ध अपमानजनक टिप्पणी गरेको आरोप लगाइएको थियो। त्यस लगत्तै त्यस क्षेत्रमा दंगा भड्किएको थियो। त्यस यता सोशल मीडियामा हिन्दु समुदायमाथि अत्याचार गरिएका कैयन भिडियो भाइरल भइरहेको छ।

मिडिया रिपोर्टहरुका अनुसार कट्टरपन्थी इस्लामवादी नेता मियाँ मिठू अल्पसंख्यक हिन्दु, सिख र क्रिश्चियन बिरुद्ध भीडलाई भड्काउने काम गर्दै आएका छन्। उनै मिठू हिन्दु महिलालाई अपहरण गरि उनीहरुलाई जवर्जस्ती धर्म परिवर्तन गराउने कामको लागि कुख्यात छन्। 

मेडिकल छात्रा नम्रता चंदानीको मृत्यु पनि यहि जवर्जस्ती धर्म परिवर्तनको घटनासँग जोडेर हेरिएको छ। धर्म परिवर्तन स्विकार गर्नेलाई धर्म परिवर्तन गराउने नमान्नेलाई हत्या समेत गर्ने कट्टरपन्थीहरुले नम्रताको हत्या गरेको आशंका आरोप परिवारका सदस्यहरुले लगाएका छन्। 

काश्मिरमा धारा ३७० हटाइएपछि पाकिस्तानमा अल्पसंख्यक हिन्दु र सिख समुदायमाथि हिंसा बढेको पाइएको छ। यसैको परिणाम नम्रताको हत्या भएको बताइएको छ। मृतकका दाई डाक्टर विशाल सुन्दरले नम्रताको हत्या भएको दावी गरे। नम्रताले आत्महत्या गर्नै नस्कने उनले दावी गरे। नम्रताको परिवारलाई लगातार मुस्लिम धर्म अगाल्न दबाब दिइदै आएको  थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ