arrow

जयशंकरले भने – पीओके भारतकै भाग

logo
प्रकाशित २०७६ भदौ ३१ मंगलबार
jayashankar.jpeg

काठमाडौं । भारतीय विदेश मन्त्री एस जयशंकरले कश्मीरको पाकिस्तान अधिनस्थ क्षेत्र (पीओके) भारतकै भाग भएको बताएका छन् । 

नरेन्द्र मोदी नेतृत्वको सरकारको एक सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा विदेश मन्त्रालयका कामबारे जानकारी दिँदै मन्त्री जयशंकरले पीओके भारतको हिस्सा रहेको बताएका हुन् । 

उनले उक्त हिस्सा एक दिन आफ्नो अधिकारमा लिने पनि दावी गरेका छन् । कश्मीर मामिलामा अरुले के भन्छन् भनेर सोच्न जरुरी नभएको भन्दै जयशंकरले भारतको आन्तरिक मामिलालाई ज्यादा प्रचारप्रसार गरिएको बताए ।

उनले सन् १९७२ देखि स्पष्ट भएको भन्दै भारतको मिसन नबदलिने स्पष्ट पारे । उनले भारतले मजबुद छिमेकी बनाउन चाहेको उल्लेख गर्दै विगत १०० दिनमा अफ्रिकामा धेरै काम गरेको बताए । उनले अफिकामा १८ राजदूतावास खोल्ने तयारी रहेको बताए । 

उनले पाकिस्तानप्रति संकेत गर्दै भने, ‘हामी अचम्म लाग्दो छिमेकीसंग जोडिइरहेका छौं । हाम्रो छिमेकी सामान्य व्यवहार गर्दैन । सीमापार आतंकवादको मुद्दा हल भएको छैन । त्यतिबेलासम्म यो चुनौती बनिरहने छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ