arrow

भारतलाई जीएसपीमा सामेल गर्न ट्रम्पमाथि ४४ सांसदको दवाव

logo
प्रकाशित २०७६ असोज १ बुधबार

काठमाडौं । भारतलाई जनरलाइज्ड सिस्टम अफ प्रेफरेन्सेज जीएसपी ब्यापार कार्यक्रममा सामेल गर्न अमेरिकी ४४ सांसदले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि दवाव दिएका छन् । 

दुई देशबीचको ब्यापारिक सम्झौतालाई सहज बनाउन ट्रम्पलाई उक्त दवाव दिइएको हो । अमेरिकाले गत जुन महिनामा भारतलाई जीएसपी कार्यक्रमबाट हटाएको थियो । 

जीएसपीमार्फत भारतलाई अमेरिकाबाट व्यापारमा लाभ मिल्दै आएको थियो । जीएसपीमा हूँदा एक तय राशीको आयातमा अमेरिकाले शुल्क लिँदैन । 

अमेरिकी ब्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजरलाई लेखेको पत्रमा सांसदहरुले भविष्यलाई ध्यानमा राखेर हामीले आफ्नो उद्योगलाई बजारको उपलब्धता सुनिश्चित गर्नुपर्नेछ भनिएको छ । 

सांसदहरुले कुनै सानो मुद्दामा असहमति राख्दा सिंगो ब्यापारमा असर पर्न नहुने तर्क गर्दै आएका छन् । 

उक्त पत्रमा २६ डेमोक्रेट्स र १८ रिपब्लिकन सांसदले हस्ताक्षर गरेका छन् । जीएसपी हटाउँदा अमेरिकी कम्पनीहरुले दैनिक १० लाख डलर नोक्सान बेहोरिरहेका छन् भने भारतीय निर्यातकर्तालाई नोक्सान नपुगेको बताइन्छ । 

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग अमेरिकी राष्ट्रपति ट्रम्पले २२ सेप्टेम्बरमा ह्युस्टनमा छलफल गर्ने भएका छन् । 

दुवैले ह्युस्टनमा भारतीय समुदायको एक र्यालीलाई सम्वोधन गर्नेछन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ