arrow
ADVERTISEMENT

भारतीय सेनाद्धारा पीओकेमा बम बर्साएर घुसपैठ रोक्न सफल

logo
प्रकाशित २०७६ असोज १ बुधबार
pok.jpeg

काठमाडौं । भारतीय सेनाले जम्मू–कश्मीरमा पाकिस्तानी सेनाको घुसपैठ रोक्न सफल भएको छ । जम्मू–कश्मीरबाट अनुच्छेद ३७० हटाएपछि पाकिस्तानले लगातार कश्मीर घुसपैठको कोशिस गरे पनि त्यसलाई विफल पारेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । 

सेनाको सूत्रलाई प्रयोग गर्दै भास्कर दैनिकले लेखे अनुसार १२–१३ सेप्टेम्बरमा पाकिस्तानको ब्याट (बोर्डर एक्सन टीम) ले पीओकेमा घुसपैठ गर्ने प्रयास गरेको हो । 

उक्त प्रयासलाई एलओसीमा तैनाथ रहेको भारतीय सेनाको टोलीले विफल बनाएको छ । भारतीय सेनाले ब्यारल ग्रेनेड लन्चरमार्फत बम खसालेको जनाइएको छ । 

स्पेशल सर्विस ग्रुप (एसएसजी) का आतंकवादीलाई मार्नका लागि भारतीय सेनाले पीओकेको हाजिपिर क्षेत्रमा बम खसालेको हो । 
अगस्टमा मात्रै भारतीय सेनाले पाकिस्तानी १५ प्रयासलाई विफल पारेको पनि जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ