arrow

अखडा बनाएर बसेका १३ जना लडाकू मारिए

logo
प्रकाशित २०७६ असोज १ बुधबार
somalia.jpg

मोगादिसु । सोमालियाको सुरक्षाफौजको कारबाहीमा दक्षिणी सोमालियामा मंगलबार १३ जना अल–शबाबका लडाकू मारिएका छन् ।

जुब्बाल्यान्डमा तैनाथ सेनाका प्रवक्ता अब्दी नुर इब्राहिम हुस्सेनले दक्षिणी सोमालियाको जमामे नगर आसपासका क्षेत्रमा अल–शबाब विरुद्ध सुरक्षाफौजले भिषण कारबाही गरेको जानकारी दिए । उनले विद्रोहीतर्फ अरु क्षति भएको बताउँदै नगर क्षेत्रमा अखडा बनाएर बसेका उनीहरुलाई अन्यत्र धपाएको दाबी गरे ।

प्रवक्ता हुस्सेनले गाउँ र नगर क्षेत्रमा विद्रोहीले निकै प्रतिरोध गरेको भएपनि अन्ततः उनीहरु परास्त भएको बताए । यसक्रममा सेनाले विद्रोहीका सवारी साधन र हातहतियार बरामद गरेको थियो ।

कारबाहीका क्रममा सेनाका तीन जवान घाइते भएका थिए ।

सोमालियाको दक्षिणी क्षेत्रमा तीन दिनअघि गरिएको यस्तै कारबाहीका क्रममा अल–शबाबका नौ जना लडाकूको ज्यान गएको थियो । सोमालियाको दक्षिणी क्षेत्रमा सरकारी फौज र अल–शबाबबीच बारम्बार झडप हुने गरेका छन् । सन् २०११ मा राजधानी मोगादिशुबाट लखेटिएका विद्रोहीहरु दक्षिणी क्षेत्रमा सक्रिय छन् ।सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ