arrow

मोदीलाई पाकिस्तानले आफ्नो हवाई मार्गबाट जान नदिने

logo
प्रकाशित २०७६ असोज १ बुधबार
modi-india-today.jpg

काठमाडौं। अमेरिका भ्रमणमा जान लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाकिस्तानले आफ्नो हवाई मार्ग प्रयोग गर्न नदिने बताएको छ। 

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन यहि २१ सेप्टेम्वरमा अमेरिकामा जान लागेका मोदीलाई आफ्नो हवाई मार्ग प्रयोग गर्न नदिने पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेशीले जनाएका हुन्। 

अमेरिकामा रहँदा मोदीले राष्ट्रसंघीय महासभामा भाग लिनुका अतिरिक्त हाउडी मोदी नामक कार्यक्रममा भारतीय नागरिकहरुलाई सम्वोधन समेत गर्दैछन। सो कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समेत सहभागि हुँदैछन्। 

यसअघी युरोप भ्रमणमा गएका भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई पनि आफ्नो हवाई मार्ग प्रयोग गर्न दिएको थिएन। भारतले आफ्नो राष्ट्रप्रमुख र सरकार प्रमुखलाई हवाई मार्ग दिन गरेको आग्रहलाई पाकिस्तानले यसअघी झै यो पटक पनि इन्कार गरेको छ। 

युद्ध तथा युद्धको अवस्था नभएको अवस्थामा नागरिक उड्डयनलाई एक अर्काको हवाई क्षेत्रमा आवातजावत गर्न दिने अन्तराष्ट्रिय अभ्यास छ। तर भारतीय विमानहरुलाई पाकिस्तानले हवाई मार्ग उपयोग गर्न नदिदा भारत भएर पश्चिमका देशहरुमा गरिने यात्रा केहि समय लम्विने गरेको छ।

भारतले काश्मिरमा धारा ३७० खारेज गरेपछि आक्रामक बनेको पाकिस्तानले एकपक्षिय रुपमा आफ्नो हवाई मार्ग भारतीय विमानहरुलाई प्रयोग गर्न नदिने घोषणा गरेको थियो। यसअघी भारतले एयर स्ट्राइक गरेपछि पनि पाकिस्तानले हवाई मार्ग बन्द गरेको थियो। आफ्नो हवाई मार्ग प्रयोग गर्न नदिदा पाकिस्तानले समेत आफ्नो हवाई मार्ग प्रयोग गर्न दिएबाट प्राप्त हुने रकम गुमाउँदै आएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ