arrow

भारतमा इ–सिगरेट प्रतिबन्धित

logo
प्रकाशित २०७६ असोज १ बुधबार
e-cigerate.jpg

काठमाडौं । भारतमा इ–सिगरेटमाथि प्रतिबन्ध लगाइएको छ । वित्तमन्त्री निर्मला सीतारमणले बुधबार बसेको मन्त्रिपरिषदको बैठकले इ–सिगरेटमाथि प्रतिबन्ध लगाएको बताइन् । 

उनले एक रिपोर्टलाई आधार बनाएर इ–सिगरेटका चार सय ब्राण्ड र १५० फ्लेभर रहेका छन् । इ–सिगरेट भारतमा बन्दैन । 

नरेन्द्र मोदी सरकारको भनाइमा युवा तथा बच्चालाई कुनै लत लगाउनु अघि नै इ–सिगरेटमाथि प्रतिबन्ध लगाइएको हो । 

भारतमा यसको बिक्री कम रहे पनि बिस्तारै यसको लत बढेको रिपोर्ट सार्वजनिक भएको छ । यसका प्रयोगकर्ताहरु आफूलाई स्टाइलिश बनाउन थालेका छन् । 

इ–सिगरेटको नियम पनि कडा लगाइएको छ । पहिलो पटक नियम तोड्नेविरुद्ध एक वर्ष जेल र एक लाख भारतीय रुपैयाँ जरिवाना लाग्नेछ । 

दोस्रो पटक नियम उल्लंघन गर्नेलाई तीन वर्षको जेल या पाँच लाख भारु जरिवाना यो दुवै सजाय हुने प्रस्ताव राखिएको छ । 

इ–सिगरेट अर्थात् इलेक्टोनिक सिगरेट एक ब्याटरी डिभाइस हो । यसमार्फत फ्लेभर्ड लिक्विड सोलुसन स्वाससंगै तानिन्छ । यो तान्दा वास्तविक चुरोटको जस्तै महसुस हुन्छ । 

इ–सिगरेटले फोक्सोलाई खराव गर्ने दावीका साथ यसमा रोक लगाइएको हो । अमेरिकाको न्यूयोर्कमा पनि मंगलबारमात्र प्रतिबन्ध लगाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ