arrow

भारतको शानदार जित, कोहलीको कप्तानी इनिङ

logo
प्रकाशित २०७६ असोज १ बुधबार
birat-kohli1.jpg

काठमाडौं । कप्तान विराट कोहलीको कप्तानी इनिङको मद्धतले भारतले दक्षिण अफ्रिका विरुद्धको दोस्रो टी–२० क्रिकेटमा शानदार जित हात पार्न सफल भएको छ । 

बुधबार राति मोहालीमा भएको खेलमा १५० रनको विजयी लक्ष्य भारतले ३ विकेटको नोक्सानीमै पूरा गरेको हो । 

१९ ओभर खेल्दै ७ विकेटको शानदार जित निकाल्ने क्रममा कोहलीले ५२ बलमा नटआउट रहँदै ३ छक्का र ४ चौकाको मद्धतले ७२ रन बनाए । 

शिखर धवनले ३१ बलमा ४० तथा श्रेयस ऐयरले १४ बलमा नटआउट १६ रन बनाए । 

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५ विकेटको नोक्सानीमा १४९ रन बनाएको थियो । क्विन्टन डे ककले ५२ तथा डेब्यु खेलाडी टेम्बा बभुमाले ४९ रन बनाएका थिए । 

भारतका लागि दिपक चहरले २२ रन दिएर २ विकेट लिए । नवदीव सैनी, रविन्द्र जडेजा र हार्दिक पान्डेयाले १–१ विकेट लिए । 

जितसंगै भारतले तीन खेलको सिरिजमा १–० को अग्रता बनाउन सफल भएको छ । पहिलो खेल वर्षाले गर्दा हुन सकेको थिएन । 

तेस्रो तथा निर्णायक अनि अन्तिम खेल आउँदो आइतबार २२ तारिखमा बैंगलुरुमा हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ