arrow

मारिया चम्किँदा पीएसजीद्धारा रियाल मड्रिड पराजित, यस्तो छ आठ खेलको नतिजा  

logo
प्रकाशित २०७६ असोज २ बिहिबार
andel_di_maria.jpg

काठमाडौं । युइएफए च्याम्पियन्स लिग फुटबलमा सर्वाधिक सफल मानिएको रियाल मड्रिडले कमजोर सुरुआत गरेको छ । स्पेनिश क्लब रियाल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीसंग सहजै ३–० गोल अन्तरले परजित भयो । 

बुधबार राति भएको खेलमा घरेलु टोली पीएसजीलाई जिताउनका लागि पूर्व क्लबविरुद्ध एन्जल डी मारियाले दुई तथा ईन्जुरी समयमा थोमस म्युनिरले एक गोल गरे । 

पीएसजी तीन मुख्य फरवार्ड नेयमार, केलियन एम्बाप्पे र ईडिन्सन काभानी विना मैदान उत्रिएको थियो । नेयमार कार्वाहीमा परेकाले तथा एम्बाप्पे र काभानी घाइते भएका छन् । 

समूह ए को खेलमा पीएसजी शीर्ष स्थानमा रहँदा अर्को खेलमा क्बल ब्रागले गालातासारेसंग गोलरहित बराबरी खेलेको छ । 

समूह बी को खेलमा ओलम्पियाकोसले टोटनह्याम हट्सपरसंग २–२ गोलको बराबरी खेलेको छ । 

ह्यारी केन र लुकास मौराको गोलबाट टोटनह्यामले २–० को अग्रता लिए पनि ओलम्पियाकोसले डानियल पोडेन्स र म्याथ्यु भाल्बुएनाको गोलबाट बराबरी गर्न सफल भयो । 

यो समूहको अर्को खेलमा बायर्न म्युनिखले रेडस्टार बेलग्रेडलाई ३–० गोल अन्तरले हरायो । किंग्सले कोमन्स, रोबर्ट लेवान्डोस्की र थोमस मुलरले एक एक गोल गरे । 

समूह डी को खेलमा एथलेटिको मड्रिडले युभेन्टससंग २–२ गोलको बराबरी खेलेको छ । हुँवा कुवाड्राओ र ब्लेस मातुडीले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए पनि घरेलु टोली एथलेटिकोले स्टेफेन साभिक र हेक्टर हेराराको गोलले बराबरी गर्न सफल भयो । 

यो समूहको अर्को खेलमा बायर लिभरकुजेनले लोकोमोटिभ मस्कोलाई २–१ गोल अन्तरको हारको नतिजा सुम्पेको छ । 

त्यस्तै समूह सी को खेलमा म्यान्चेस्टर सिटी र डाइनामो जाग्रेब विजयी भएका छन् । सिटीले शाख्तर दोनेस्कलाई ३–० गोल अन्तरले हरायो । सिटीलाई जिताउन रियाद महरेज, गुएन्डोगान र गाब्रियल जिससले १–१ गोल गरे । 

त्यस्तै डाइनामोले एटलान्टालाई ४–० गोल अन्तरले हरायो । मिस्लाभ ओर्सिकले ह्याट्रिक गरेको खेलमा मारिन लियोभाकले एक गोल गरे । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ