arrow

राष्ट्रसङ्घीय महासभामा इरान सहभागी नहुने सम्भावना

logo
एएनआई,
प्रकाशित २०७६ असोज २ बिहिबार
iran-president.jpg

तेहरान। इरानका राष्ट्रपति हसन रौहानी र विदेश मन्त्री जावाद जारिफ संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी नहुने सम्भावना देखिएको छ। राष्ट्रसङ्घीय वार्षिकसभामा सहभागी हुनेगरी उनीहरूले अहिलेसम्म पनि कुनै प्रक्रिया अगाडि नबढाएको इरानी सञ्चारमाध्यमहरूले बुधबार जनाएका छन्।

“विदेश मन्त्री मोहम्मद जावाद जारिफ आगामी शुक्रबार सेप्टेम्बर २० तारिखका दिन र राष्ट्रपति हसन रौहानी सेप्टेम्बर २३ तारिखका दिन न्यूयोर्क जाने कार्यक्रम थियो, तर उनीहरूले न्यूयोर्क जानका लागि प्रवेशाज्ञासम्बन्धी प्रक्रिया अगाडि नबढाएकाले जाने सम्भावना देखिएको छैन,” इरानी समाचार संस्थाले लेखेको छ।

समाचारमा अगाडि लेखिएको छ, “उहाँहरूले यो समाचार तयार पारेको केही घण्टासम्म पनि प्रवेशाज्ञा प्राप्त नगरेमा उहाँहरूको भ्रमण स्वतः रद्द हुनेछ।”

इरान र अमेरिकाबीचको विवाद चरम उत्कर्षमा पुगेको छ, विवादका विषयमा दुवै देशले वार्ता गर्न अस्वीकार गर्दै आएका छन्। यी दुई देशबीच लामो समयदेखि विवाद रहँदै आएकोमा कहिलेकाही कम भए पनि अधिकांश समय चर्किदै आएको छ। उनीहरू एक अर्काका कट्टर आलोचकका रूपमा चिनिन्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ