arrow

ट्रम्पद्वारा नयाँ सुरक्षा सल्लाहकार नियुक्त

logo
एएफपी,
प्रकाशित २०७६ असोज २ बिहिबार
trump-robert-19.jpg

वाशिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका छन्। केहीदिन अगाडि तत्कालीन सुरक्षा सल्लाहकारलाई हटाएपछि खाली भएको ठाउँमा राष्ट्रपति ट्रम्पले रोबर्ट ओब्राएनलाई नियुक्त गरेका हुन्।

“मैले रोबर्टसँग लामो समय कडा काम गरेको छु, आशा छ अहिले पनि उहाँले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्नुहुनेछ,” रोबर्टलाई नियुक्त गरेपछि ट्रम्पले ट्वीटरमा लेखेका छन्। 

गत हप्ता ट्रम्पले तत्कालीन सुरक्षा सल्लाहकार जोन बोल्टनलाई जिम्मेबारीबाट हटाएका थिए। राष्ट्रपति ट्रम्पले अहिलेसम्म आफूले नियुक्त गरेका दर्जनभन्दा बढी पदाधिकारीहरूलाई बर्खास्त गरेका छन् भने कतिपयले उनीसँग काम गर्न नसकेको भन्दै राजीनामा दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ