arrow

चन्द्रयान –२ मिल्ने सम्भावना कम, नासाले बनायो निराश

logo
प्रकाशित २०७६ असोज २ बिहिबार
chandrayan-21.jpg

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोका वैज्ञानिकहरुले चन्द्र अभियान चन्द्रयान २ को बेपत्ता भएको विक्रम ल्यान्डर भेटिने सम्भावना कम हुँदै गएको बताएका छन् । 

इसरो टिम बेपत्ता विक्रम ल्यान्डर खोजिरहँदा चन्द्रमाकै कारण अब सम्भावना कम हुँदै गएको बताइएको हो । 

चन्द्रमामा रात हुँदै गर्दा यसको सम्भावना पनि कमजोर भएको हो । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले उक्त आर्बिटरको क्यामेरा विक्रम ल्यान्डरको पहुँच भन्दा बाहिर गएको हुन सक्ने आशंका जनाएको छ । 

१० वर्षदेखि चन्द्रमाको परिक्रम गरिरहेको नासाको लुनार रिकनिसेन्स आर्बिटर एलआरओ गत मंगलबार विक्रम ल्यान्डरको ल्यान्डिङ साइटभन्दा माथिबाट गएको छ । 

उक्त आर्बिटरको क्यामेराले लक्षित स्थानका तस्वीर कैद गरे पनि त्यहाँ विक्रम ल्यान्डर नदेखिएको नासाले जनाएको छ । 

इसरोले गत ७ सेप्टेम्बरमा चन्द्रयान २ चन्द्रमामा पठाए पनि ल्यान्डिङ हुनु ६९ सेकेन्ड पहिले नै सम्पर्क टुटेको थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ