arrow

आर्थिक पत्रकारिता पुरस्कार भरत कोइरालालाई

logo
प्रकाशित २०७६ असोज २ बिहिबार
bharat_koirala_1.jpg

पोखरा । पत्रकार भरत कोइराला पोखरा उद्योग वाणिज्य संघ (पिसिसिआई) आर्थिक पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित हुने भएका छन् ।  

पोखरा उद्योग वाणिज्य संघले आफ्नो ६५ औँ अधिवेशनको अवसरमा असोज ४ गते पुरस्कार अर्पण गर्ने संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिए । 

हरेक २ वर्षमा प्रदान गरिने उक्त पुरस्कार नगद २५ हजारसहित सम्मानपत्र छ ।
१७ वर्षदेखि पत्रकारितामा क्रियाशील कोइराला हाल दि हिमालयन टाइम्स गण्डकी ब्युरो प्रमुख छन् । 

उनी पोखराबाट प्रकाशित समाधान दैनिकको कार्यकारी सम्पादक हुन् । पत्रकारिताका तथा आमसञ्चार विषयमा स्नातकोत्तर कोइराला पत्रकारिता विषय प्राध्यापन गर्छन् । 

पोखरा उवा संघका पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठ संयोजक रहेको प्रतिभा चयन उपसमितिले कोइरालालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । 

समिति सदस्यहरु संघका पूर्वउपाध्यक्ष ईश्वर कर्माचार्य, पूर्वकोषाध्यक्ष दिलीपराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ कास्की शाखाका सल्लाहकार रमेश पौडेल र पोउवा संघका कार्यसमिति सदस्य हरिराजपन्त सदस्य रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ