arrow

कञ्चन डेभलपमेण्ट बैंकको निक्षेप ५ अर्व ९२ करोड, अनाथ बालबालीकालाई समाग्री वितरण

logo
सुनिल आउजी,
प्रकाशित २०७६ असोज २ बिहिबार
kambal1.jpg

धनगढी । कञ्चनपुरमा केन्द्रीय कार्यालय रहेको कञ्चन डेभलपमेण्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७५-२०७६ मा बैंकले  ५ अर्व ९२ करोड ८ लाख निक्षेप संकलन गरेको धनगढी शाखा प्रमुख गणेश सिं कार्कीले बताएका छन् । उनले दिएको जानकारी अनुसार वैंकले आर्थिक वर्ष २०७५-२०७६ मा कर्जा लागानी ४ अर्व ७९ करोड ४२ लाख बैंकले कर्जा लगानी गरेको छ भने बैंकका ग्राहक भन्डै १ लाख ६० हजार र १७ वटा शाखा र ३ वटा कारोवार गर्ने काउन्टर  रहेको शाखा प्रमुख गणेश सिं कार्कीले बताए ।

 बैकका शाखा भएका जिल्लाहरु कैलाली, कञ्चनपुर,  डडैलधुरा, बैतडी, डोटी  रहेका छन् भने डोटीमा कारोवार सुरु भईसकेको  यसै महिना भित्र शाखा कार्यालयको  उद्घाटन गरीने बैंकका संचालक हिक्मत बहादुर शाहले बताए ।

 बैंकले १ वटा शाखाहरु बाट  ५४ जना गरिव,जेहेन्दार अति विपन्न वर्गका विध्यार्थी हरुलाई छात्र वृति वितरण गरेको पनि बैंकका संचालक हिक्मत  बहादुर शाहले बताए ।  बैंकको अधिकृत पुँजी ६० करोड  जारी पुँजी ५३करोड १३ लाख र  चुक्ता पुँजी ५३  करोड १३ लाख रहेको शाखा प्रमुख कार्कीले बताएका छन् ।

कञ्चन डेभलपमेण्ट बैंक लिमिटेडको १० औं वार्षिक  उत्सव तथा साधारण सभाको अवसर पारी धनगढीमा रहेको आमाको मायाँ छात्र वासमा रहेका अनाथ बालबालीका हरुलाई  कम्ल , विस्तरा तकिया तन्ना लोटा थाली लगायतका समाग्रीहरु वितरण गरेको छ । नेपाल राष्ट्र बैंकबाट ’ ख ’ वर्गको विकास बैकको रुपमा  स्वीकृति प्राप्त गरेको बैंकका संचालक हिक्मत  बहादुर शाहले बताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ