arrow

विश्व वरियतामा बेल्जियम पहिलो, नेपाल १६१औँ स्थानमा

logo
प्रकाशित २०७६ असोज २ बिहिबार
fifa.jpg

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ ।  फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा  फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छ ।

 त्यसैगरी इङ्ग्ल्याण्ड चौथो, पोर्चुगल पाँचौँ, उरुग्वे छैटौँ, स्पेन सातौँ, क्रोएसिया आठौँ, कोलम्बिया नवौँ र अर्जेन्टिना दशौँ स्थानमा रहेका छन् ।

 नेपालले भने पाँच स्थान सुधार गरेको छ । नेपालले पाँच स्थान सुधार गर्दै १६१औँ  स्थानमा उक्लिएको हो । यसअघि नेपाल १६६औँ स्थानमा रहेको थियो ।
 
दक्षिण एशियाको वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा माथि रहेको भारत १०४औँ स्थानमा छ भने माल्दिभ्स १५३औँ स्थानमा छ ।

त्यसैगरी नेपालभन्दा तल रहेको भूटान १८५औँ स्थानमा रहँदा बङ्गलादेश १८७औँ स्थानमा छ । श्रीलङ्का २०२औँ स्थानमा छ भने पाकिस्तान २०३औँ स्थानमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ