arrow

कालोपत्रे माग्दै पूर्व–पश्चिम राजमार्गमा चक्काजाम, सडक मर्मत नहुञ्जेल दैनिक गरिने

logo
प्रकाशित २०७६ असोज २ बिहिबार
road2.JPG

सर्लाही। पूर्व–पश्चिम राजमार्ग कालोपत्रे नगरेको भन्दै सर्लाहीको हरिवनस्थित नयाँरोडका स्थानीयले बिहिबार चक्काजाम गरेका छन् । चौबिसै घण्टा ब्यस्त रहने पूर्व–पश्चिम राजमार्गमा ठूला ठूला खाडल भएको महिनौं वितिसक्दा समेत सम्बन्धित निकायले कालोपत्रे गर्ने काममा उचित चासो नदेखाएकाले विरोध स्वरुप चक्काजाम गरिएको स्थानीय रामहरी प्रसाईंले बताए ।

 पानी परेको बेला खाडल नदेखिने भएकाले दैनिक आधा दर्जनजसो मोटरसाईकल दुर्घटनामा पर्ने गरेको प्रसाईंले जानकारी दिए। सडकको दुरावस्था देखेर यात्रुहरुले समेत चक्काजामको स्वागत गरेका थिए । बिहिबार बिहान पहिलो दिन आधाघण्टा मात्र चक्काजाम गरिएको र अब सडक मर्मत संभार नहुञ्जेल दैनिक आधा घण्टाको दरले बढाउँदै चक्काजाम गरिने स्थानीयवासीले चेतावनी दिएका छन् ।

पूर्व–पश्चिम राजमार्गका अन्य स्थानमा भएका स–साना खाल्डाखुल्डी केही महिनाअघि मर्मत संभार गरिएपनि टूला ठूला खाडल सहित क्षतविक्षत नयाँरोड बजार स्थित झण्डै १०० मिटर क्षेत्र भने मर्मत संभार भएको छैन् । खाल्डाखुल्डीका कारण मोटरसाइकल, टेम्पु, जीप, कारलगायतका साना सवारी साधन दुर्घटनामा पर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दारोगा प्रसादले भत्किएका ठाउँको राजमार्ग कालोपत्रेका लागि टेण्डरको सूचना आजै प्रकाशित गरिसकिएको र केही समयपछि ठेकेदारमार्फत कालोपत्रे गरिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ