arrow

चिडियाखाना हेर्न पैसा नलाग्ने, तीन दिन छुट

logo
प्रकाशित २०७६ असोज २ बिहिबार
DelhiZoo_28oct17P1.jpg

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाले अवलोकनका लागि आउनेलाई बिहिबारदेखि शनिबारसम्म प्रवेश शुल्कमा छुटको व्यवस्था गरेको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा चिडियाखाना व्यवस्थापन समितिले प्रवेश शुल्कमा छुट दिने निर्णय गरेको हो ।

चिडियाखानाका सूचना अधिकारी लिना चालिसेका अनुसार १२ वर्ष उमेरसम्मका बालबालिकालाई यस समयमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । तीन दिन अन्य सबै स्वदेशी र विदेशी नागरिकबाट रु ५० शुल्क लिइने छ ।

 अन्य समयमा चिडियाखानाले सर्वसाधारणबाट रु १५०, विदेशीबाट रु ७५० र  विद्यार्थीबाट रु ९० शुल्क लिने गरेको छ । हाल दैनिक झण्डै पाँच हजार व्यक्ति अवलोकनका लागि आउने गरेको सूचना अधिकारी चालिसेले जानकारी दिए। चिडियाखानामा १२७ प्रजातिका एक हजार दुई १९ जीवजन्तु छन् ।
 
चिडियाखानाले गत आर्थिक वर्षमा अवलोकन गर्न आउनेहरुबाट रु १४ करोड आम्दानी गरेको थियो । । अघिल्लो आवमा अवलोकनकर्ताबाट रु १२ करोड आम्दानी भएको थियो ।

गत आवामा स्वदेशी र विदेशी गरी एक लाख व्यत्तिले चिडियाखानाको अवलोकन गरेका थिए । एक वर्षअघि भित्र्याइएको  ‘रेड पाण्डा’ र ‘रिङटेल्ड लिमर’ अहिले भिडियाखानाका मुख्य आकर्षणका रुपमा रहेका छन् । प्छिल्लो समय चिडियाखानाले जनावरलाई राख्न नयाँ घर बनाउने काम तीव्ररुपमा अघि बढाएको चालिसेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ