arrow

इमरान खानद्धारा एलओसी पार नगर्न निर्देशन

logo
प्रकाशित २०७६ असोज २ बिहिबार
imran-khan2.jpg

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भावनामा बहकिएर नियन्त्रण रेखा एलओसी पार नगर्न निर्देशन दिएका छन् । 

बिहीबार एक कार्यक्रमलाई सम्वोधन गर्दै उनले यदि कसैले एलओसी पार गर्ने कोशिस गर्छ भने त्यसले भारतलाई बहाना मिल्ने बताए । 

यसअघि इमरान खानले नै गत १३ सेप्टेम्बरमा मुजफ्फराबादको र्यालीलाई संवोधन गर्दै पाकिस्तानी नागरिकलाई एलओसी पार गर्न उक्साएका थिए । 

उनले त्यतिबेला मानिसलाई एलओसी पार गर्ने समय २७ सेप्टेम्बरपछि बताउने जनाएका थिए । 

२७ सेप्टेम्बरमा इमरान खानले संयुक्त राष्ट्र संघको आमसभामा संवोधन गर्दैछन् । तर एकाएक इमरानले यो विषयमा यु–टर्न लिँदै एलओसी पार गर्ने कोशिस नगर्न निर्देशन दिएका हुन् । 

उनले यदि कसैले कश्मीरी जनतालाई मद्धत गर्न एलओसी पार गर्छ भने त्यो गलत हुनेछ भनेका छन् । यसले कश्मीरीको चिन्ता थप बढाउने पनि उनले बताएका छन् । 

इमरान खानले भारतसंग कुनै पनि तरिकाको वार्ताको सम्भावना नरहेको पनि बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ