arrow

जम्मू–कश्मीरको मुद्दामा चर्चा नगर्ने भारतद्धारा स्पष्ट 

logo
प्रकाशित २०७६ असोज २ बिहिबार
narendra-modi1.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू–कश्मीर मुद्दाबारे संयुक्त राष्ट्रसंघको महासभामा चर्चा नगर्ने स्पष्ट पारिएको छ ।

भारतीय विदेश मन्त्रालयले जानकारी दिँदै राष्ट्रसंघको महासभामा विश्वको एक जिम्मेदार सदस्यको हैसियतले भारत विकास, शान्ति र सुरक्षामाथि केन्द्रीत रहेर संवोधन गर्ने बताएको छ । 

विदेश सचिव विजय गोखलेका अनुसार चर्चाका लागि आतंकवाद एक मुद्दा भए पनि केन्द्रविन्दू यो नभएको भारतले स्पष्ट पारेको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्य देशको आशाका बारेमा सम्वोधनमा चर्चा गर्नेछन् । भारतले पहिले नै स्पष्ट पारिसकेको छ कि जम्मू–कश्मीरबाट धारा ३७० हटाउनु भारतको आन्तरिक मामिला हो । यसबारेमा अधिकांश देशले भारतलाई साथ दिएको भारतीय दावी छ । 

पाकिस्तानले भने संयुक्त राष्ट्र संघमा यो मुद्दा उठाउने बताइसकेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ