arrow

मोदी–ट्रम्पलाई सुन्न ४८ राज्यका मानिस ह्युस्टन पुग्ने

logo
प्रकाशित २०७६ असोज ३ शुक्रबार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार २२ सेप्टेम्बरमा अमेरिकाको ह्युस्टनमा ‘हाउडी मोदी’ कार्यक्रममा सम्वोधन गर्दैछन् । यसका लागि यसका लागि दुई हप्ताअघि नै रजिस्ट्रेशन पूरा भएको छ । 

भारतीय समुदायका ५० हजार भन्दा बढी मानिस उक्त कार्यक्रममा सामेल हुनेछन् । मोदीसंगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भारतीय समुदायलाई सम्वोधन गर्नेछन् । 

टेक्सास फोरम इन्डियाको नेतृत्वमा अमेरिकाका ३३ राज्यमा ६०० भन्दा बढी भारतीय समुदायका संगठनहरु मिलेर उक्त कार्यक्रमको आयोजना गर्दैछन् । 

अमेरिकाका ४८ राज्यबाट प्रवासी भारतीय ह्युस्टन पुग्ने भारतीय संचारमाध्यमहरुले बताएका छन् । 

यो कार्यक्रमलाई सफल पार्न ११०० भन्दा बढी स्वयंसेवकहरु खटिएका छन् । भारतीय समुदायकै खर्चमा उक्त कार्यक्रम आयोजना हुनेछ । 

अन्य प्रान्तको तुलनामा ह्युष्टनमा भारतीय प्रवासीहरुको उपस्थिति ह्युष्टनमा बढी भएकाले त्यहीं कार्यक्रम आयोजना गर्न लागिएको बताइएको छ । 

टेक्सासमा भारतीय समुदायका पाँच लाख मानिस रहँदा ह्युष्टनमा मात्र डेढ लाख मानिस रहेको बताइएको छ । 

कुनै पनि अमेरिकी राष्ट्रपति कुनै समुदायको कार्यक्रममा नजाने भए पनि मोदीको छवि र भारतीयहरुको बढ्दो तागतका कारण ट्रम्प सहभागी हुन लागेको भारतीयहरुले दावी गर्दै आएका छन् । 

मोदी २१ देखि २७ सेप्टेम्बरसम्म अमेरिकामा रहने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ