arrow

काँग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठक

logo
प्रकाशित २०७२ चैत २२ सोमबार
nc-flag.jpg.jpeg
काठमाडौं। संसदीय दलको नेताको चुनाव अघी दलको विधान संसोधनका लागि नेपाली कांग्रेस संसदीय दलको बैठक पार्टीकव केन्द्रीय समितिसँग संयुक्त रुपमा बस्दैछ। विहान ८ वजे वोलाइएको वैठक ९ वजेको आसपासमा शुरु हुँदैछ। 
 
नयाँ वानेश्वरस्थित संसद भवनमा बोलाइएको बैठकमा संसदीय दलको विधान संशोधन गर्ने विषयमा निर्णय लिने सासंद तथा कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानीले जानकारी दिए। 
 
वैठकमा प्रान्तीय संरचना र समावेशी प्रतिनिधित्वका आधारमा दलको कार्यसमिति बनाउने विषयमा छलफल र सोही अनुसारको विधान संशोधनको प्रस्ताव तयार पारिने थानीले बताए। दलको विधानमा रहेका संविधानसभा लगायतका केही शब्दलाई परिमार्जन समेत गरिने छ।  
 
संयुक्त बैठकले तयार पारेको विधान संशोधनको निर्णयलाईलाई दिउँसो २ बजे बस्ने केन्द्रीय समितिको वैठकले अनुमोदन गर्ने अर्का केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए। 
 
तत्कालीन सभापति एवं दलका नेता सुशील कोइरालाको निधन भएपछि रिक्त रहेको संसदीय दलको नेताको लागि चैत २४ मा निर्वाचन हुँदैछ। दलको नेताका लागि सभापति शेरवहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ। अर्का नेता कृष्ण प्रसाद सिटौला समुहको भुमिका संसदीय दलको चुनावमा निर्णायक हुनसक्ने बताइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ