arrow

सूचना ननिकाली सम्झौता गरेको भन्दै उजुरी

logo
प्रकाशित २०७२ चैत २२ सोमबार
12921190_1085181621505177_1209508471_n.jpg.jpeg

बाजुरा । जिल्ला विकास समिति बाजुरा अन्तरगतको नेपाल जल वायु परिवर्तन सहयोग कार्यक्रमले श्रव्य दृश्य सामग्री, सफल समाचार लेखन जस्ता कार्यको सूचना ननिकाली मनोमानी ढंगले सम्झौता गरी ब्यक्तिलाई दिएको छ ।

 सूचना ननिकाली एक जना व्यक्तिसंग सिधै सम्झौता गरेकोले सम्झौता भंग गरी सूचना माग गर्न भन्दै उजुरी दर्ता गराइएको छ ।

नेपाल जलवनयु परिवर्तन सहयोग कार्यक्रमको सफलताका कथा लेखन समाचार श्रव्य दृश्य कार्यक्रमको बजेट प्रकृया नपुर्याई बाजुरा अप्डेट मल्टीमिडियालाई दिइएको उजुरीमा बताइएको छ । जिल्ला विकास समिति बाजुराले गोप्य रुपमा सम्झौता गर्न कानुन संगत नभएको भन्दै स्थानीय विकास अधिकारी अर्जुन प्रसाद सुवेदीलाइ आग्रह  गरिएको छ ।

सम्झौता नगरी गरिएको सम्झौता भंग गरी पुनः सार्वजनिक सुचना मार्फत सुचना जारी गरेर मात्र कार्य सम्पादन गराउन पहल गर्न उजुरी पत्रमा उल्लेख गरिएको छ ।

यस भन्दा पहिले पनि किताव छपाइ गर्नका लागि गोप्य रुपमा सम्झौता गरी काम गर्न दिइएको बताइको छ ।

जिल्ला विकास समिति बाजुराका स्थानीय विकास अधिकारी अर्जुन प्रसाद सुवेदीले भने सुचना प्रकाशन नभइ सम्झौता नभएको बताएका छन् । कानुन अनुसार नै काम भएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ