arrow

भृकुटीमण्डपमा शनिवार शेरबहादुरको सपिङ्ग, कपडादेखि जुत्तासम्म

logo
भुपराज बस्याल,
प्रकाशित २०७६ असोज ४ शनिबार
shikhar-shoe-sher-bahadur.jpg

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा दशै तिहारको अवसर पारेर भृकुटीमण्डपमा आयोजित एक्स्पोको अवलोकनका क्रममा किनमेलमा समेत देखिए।काठमाडौको भृकुटीमण्डपमा नेपाल धागो उद्योग संघले आयोजना गरेको मेला तथा ठूलो चौरमा ४वटा प्रतिष्ठित जुत्ता चप्पल कम्पनीले गरेको प्रर्दशनीमा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले आफ्नो लागि केहि किनमेल (सपिङ्ग) गरे।

नेपालमा बनेका कपडा तथा जुत्ता चप्पलको बजार प्रबर्द्धन गर्न आयोजना गरिएको मेलामा शनिवार बिहान करिब ११ बजे पुगेका देउवाले आफ्नो लागि जुत्ता, दौरासुरुवाल लगायतका कपडा किने।

नेपालमा बनेका कपडा तथा जुत्ताहरुको मेला चासोपूर्वक अवलोकन गरि देउवाले किनमेल समेत गर्दा व्यवसायीहरु उत्साहित देखिन्थे। उनीहरुले पार्टीका सबै नेता कार्यकर्ताहरुलाई नेपाली उत्पादनलाई पहिलो प्राथमिकता दिएर उपभोग गर्न प्रेरित गर्नु सभापति देउवालाई आग्रह गरे। 

उद्यमी समेत रहेका सांसद दिव्यमणी राजभण्डारीले नेपाली उद्यमीहरुले कुन अवस्थामा काम गरिरहेका छ्न्, उनीहरूको अवस्था कस्तो छ बुझ्ने तथा उत्प्रेरित गर्न सभापति कपडा एक्स्पो र जुत्ता चप्पल मेलामा आएको बताए। नेताहरूको यस्तो मेलाहरूमा हुने उच्च नेतृत्व तहको अवलोकन भ्रमणले नीतिगत तहमा निर्णय गर्न समेत सहयोग पुग्ने राजभण्डारीले बताए।

देउवाले मेलामा अवलोकन गरेर मात्र झारा टारेनन् किनमेल पनि गरे। मेलामा आफुलाइ चाहिने कपडाहरु किन्दै उनले भने देशको आर्थिक घाटा कम गर्न स्वदेशका कम्पनीलाई प्राथमिकता दिनुपर्ने बताए। सपिङ्गकै क्रममा उनले सबै नेपालीहरुलाई नेपालमै उत्पादित सामानहरु प्रयोग गर्न आग्रह गरे।

अवलोकनकै क्रममा उनलाई आफ्नो कम्पनीको कपड़ा उपहार दिए। उनले त्यसलाई स्विकारेनन्। बरु दौरा सुरुवालको कपडा परिवर्तन गरेर अर्को लिएI प्याकिङ गरेर उनले सामान घरमा पठाइदिन भन्दै गर्दा विल पठाएर रकम लिन भनेI  देउवाले कतै सर्ट छाने, कतै स्वीटर लिए। १२ हजार पर्ने एउटा स्वीटर लिएका देउवालाई कसैले भन्यो यो भाउजुको लागि राम्रो हुन्छ। देउवाले तत्कानै जवाफ दिए, ' आरजु आफै छानेर लिन्छिन।'

सपिङ्गका क्रममा उनले धागो तथा कपडाको प्याभिलियनमा नेपाल मै उत्पादित दौरासुरुवाल, सट पाइन्ट, सुइटरको सपिङ सकेका थिए। त्यहाँबाट देउवालाई सांसद राजभण्डारीले नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य रामकृष्ण प्रसाईको कम्पनी शिखर शुज सहितले भृकुटीमण्डपको चौरमा गरेको जुत्ता चप्पल मेलामा लगेका थिए। शिखर, विएफ डीएरहील, रन र शुल्याण्डले गरेको मेलामा देउवाले जुत्ता समेत किन्न भ्याए। शिखरको कालो क्याजुयल शुज लिएका उनले अन्य स्टल समेत अवलोकन गरे। सँगै गएका राजभण्डारीले शिखरबाट दुई जोर र वीएफ डीएरहीलबाट एक जोर जुत्ता किनेका थिए। उनले गुणस्तरीय नेपाली जुत्ता उत्पादन हुन थालेपछि विदेशी जुत्ता लगाउन कम गरिएको बताए।

Image may contain: 5 people, people standing

Image may contain: 6 people, people standing

Image may contain: 2 people, people smiling, people standing

Image may contain: 2 people, indoor

Image may contain: 8 people, people sitting and shoes



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ