प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको कीर्तिमानी गोल, सिल्भाको ह्याट्रिक, यस्तो त शनिबारको नतिजा
प्रकाशित २०७६ असोज ५ आइतबार
594
Shares
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले कीर्तिमानी जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले वाट्फोर्डलाई ८–० गोल अन्तरको कीर्तिमान बनाएको हो ।
यो लिगमा क्लबको सर्वाधिक अन्तरको जित हो ।
घरेलु मैदानमा सिटीको जितमा बेर्नार्डो सिल्भाले ह्याट्रिक गरे । यस्तै डेभिड सिल्भा, सर्जियो अग्युरो, रियाद महरेज, निकोलस ओटामेन्डी र केभिन डी ब्रुएनले एक एक गोल गरे ।
पहिलो हाफमा सिटीले ५–० को सबैभन्दा छिटो गोल गरेको कीर्तिमान पनि बनाएको छ ।
अंक तालिका
लिभरपुल ५ खेलबाट १५ अंकसहित शीर्ष स्थानमा छ । म्यान्चेस्टर सिटी १३ अंकसहित दोस्रो स्थानमा छ । लेस्टर सिटी ११ अंकसहित तेस्रो स्थानमा छ । बर्नमाउथ १० अंकबाट चौथो स्थानमा हुँदा टोटनह्यामसहित सात टिमको ८–८ अंक छ ।