arrow

ट्रम्पले चीनलाई भने –बामपन्थी देश विश्वकै लागि खतरा

logo
प्रकाशित २०७६ असोज ५ आइतबार
usa-china.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट विश्वलाई नै खतरा रहेको बताएका छन् । शनिबार वासिङटनमा बोल्दै उनले चिनियाँ सैन्य तागतमाथि चिन्ता जनाएका हुन् । 

बामपन्थी देश विश्वकै लागि खतरा रहेको ट्रम्पको भनाई छ । उनले सैन्य क्षमता बढाउनका लागि चीन आफ्नो देशमा अमेरिकाको बौद्धिक सम्पत्तिको अधिकार चोरीमाथि रोक नलगाएको बताए । 

साथै उनले सैन्य बजेटमा ७ प्रतिशतले वृद्धि गरेको आरोपसमेत लगाएका छन् । ट्रम्पले चीन दक्षिणी चीन सागरमा अमेरिकालाई घेर्ने कोशिसमा रहेकोआरोपसमेत लगाएका छन् । 

उनले चीन सैन्य तागत बढाएर दुनियाँका लागि खतरा बनेको पत्रकार सम्मेलनमा बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ