arrow

कांग्रेस संसदीय दलको बैठक

logo
प्रकाशित २०७२ चैत २२ सोमबार
nc-flag.jpg.jpeg
काठमाडौं । संसदीय दलको नेताको चुनाव अघि दलको विधान संसोधनका लागि नेपाली कांग्रेस संसदीय दल र केन्द्रीय कार्यसमितिको संयुक्त बैठक जारी छ । बिहान ९ बजे बस्ने भनिएपनि बैठक ढिलो गरी सुरु भएको हो । नयाँ वानेश्वरस्थित संसद भवनमा जारी बैठकमा संसदीय दल र पार्टी केन्द्रीय समितिका पदाधिकारीबीच छलफल भइरहेको बरिष्ठ नेता रामचन्द्र पौडेलका सहयोगी चिरिन्जिवी अधिकारीले जारकारी दिए । बृहत छलफल भइरहेकाले बैठक कतिवेला सकिन्छ भन्ने यकिन नभएको उनले बताए । 
 
बैठकमा संसदीय दलको विधान संशोधन गर्ने विषयमा निर्णय गर्ने कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानीले बताए । वैठकमा प्रान्तीय संरचना र समावेशी प्रतिनिधित्वका आधारमा दलको कार्यसमिति बनाउने विषयमा छलफल र सोही अनुसारको विधान संशोधनको प्रस्ताव तयार पारिने थानीले बताए । दलको विधानमा रहेका संविधानसभा लगायतका केही शब्दलाई परिमार्जन समेत गरिने बताइएको छ ।  
 
संयुक्त बैठकले तयार पारेको विधान संशोधनको निर्णयलाईलाई दिउँसो २ बजे बस्ने केन्द्रीय कार्य समिति बैठकले अनुमोदन गर्ने केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिएका छन् । तत्कालीन सभापति एवं दलका नेता सुशील कोइरालाको निधन भएपछि रिक्त रहेको संसदीय दलको नेताको लागि चैत २४ मा निर्वाचन हुँदैछ । दलको नेताका लागि सभापति शेरवहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच चुनावी प्रतिस्पर्धा हुने पक्का पक्की भएको छ । अल्लिो संविधान सभा निर्वाचनपछी भएको संसदीय दलको निर्वाचनमा बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई हराएर संसदीय दलको नेता बनेका थिए । 
 
पछिल्लो संविधान सभा निर्वाचनपछी भने संसदीय दलमा देउवा तत्कालिन सभापति सुशील कोइरालासंग पराजित भए । पछिल्लो समय भने १३ औं महाधिवेशन ताका तत्कालिन संस्थापन पक्ष भनिएका केही सांसदहरु देउवातिर गएकाले रामचन्द्र पौडेललाई कृष्णप्रसाद सिटौला समूहको साथ लिनु पर्ने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ