एजेन्सी । पाकिस्तानमा भारी वर्षापछि आएको बाढीको चपेटामा परी कम्तिमा पनि ६० जनाको मृत्यु भएको छ । अधिकारीहरुले खैबर पख्तून ख्वाहका केही क्षेत्र, पाकिस्तान प्रशासित कश्मीर र गिलगित–बल्तिस्तानमा शनिबार वर्षा सुरु भएको बताएका छन् । मनसुन सुरु हुनु भन्दा पहिले नै भएको वर्षाले पाकिस्तानको देहाती क्षेत्रमा बढी क्षति पुर्याएको र स्थानीयलाई घर छाडेर सुरक्षित स्थानमा जान आग्रह गरिएको अधिकारीहरुको भनाई छ ।
राष्ट्रिय विपद् व्यवस्थापन विभागका अधिकारी लतिफ–उर–रहमानलाई उदृत गर्दै समाचार एजेन्सी एपीले कयौं घाइतेलाई अस्पताल भर्ना गरिएको जनाएको छ । उत्तरी स्वायत्त घाटीमा बस्ने हबीब खाँ ले एक टेलिभिजनलाई भने अनुसार आफुहरुलाई सरकारले केही सहयोग नगरेको र वेहालमै छोडिएका छ । अधिकारीहरुले भने राहत राम्रंग्री क्षतिग्रस्त क्षेत्रमा पठाउन थालिएको बताएका छन् ।