arrow

'काम गर्नेको नेतासँग पहुँचै छैन र उ दिनदिनै आउन पनि भ्याउदैन'

logo
प्रकाशित २०७६ असोज ५ आइतबार
Padma_Aryal,.jpg

भक्तपुर। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले कागज मिलाउन जान्नेलाई नभएर सहि रूपमा जनताको पक्षमा काम गर्नेलाई विकास योजनाका काम दिन स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गरेकी छन् । राष्ट्रिय सहकारी महासंघ लि.ले मन्त्रालयको सहयोगमा 'प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी' विषयमा आयोजना गरेको दुई दिने प्रादेशिक गोष्ठीलाई आज (आइतबार) भक्तपुरमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

मन्त्री अर्यालले खासगरी योगना बाँडफाँडका क्रममा हुनेगरेका बेथितिलाई इङ्गित गर्दै कागज मिलाएर व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेलाई नभएर सहि रूपमा जनताको काममा योजना लगाउनेलाई काम दिन आग्रह गरिन् । 'योजना माग्न आउदाखेरि कागज बनाएर ल्याउनेलाई मात्र योजना नदिनुस । काम गर्नेले पाउदैन । कागज बनाउनेले पाउछ । कागज बनाउनेले पाउछ नीजि स्वार्थमा प्रयोग गर्छ । सबै जनतालाई समेटेर काम गर्नेले योजना पाउदै पाउदैन । किनकी उसको नेतासँग पहुँचै छैन । र उ दिनदिनै आउन पनि भ्याउदैन । अनि भेट्न पनि सक्दैन', मन्त्री अर्यालले भनिन् ।

त्यसकारण अब योजना बाँडफाँड गर्दा यस्ता कुरालाई पनि ध्यान दिन मन्त्री अर्यालले आग्रह गरिन् । उनले भनिन्, 'कागज मिलाउनेलाई होइन काम गर्नेलाई योजनाका काम दिनुस । अब हामीले कागज मिलाउनेलाई होइन काम गर्नेलाई भन्ने हिसाबले केही न केही हिजो भन्दा फरक हुनेगरी हामी अगाडी बढौं ।'

जनताको अपेक्षा यही पनि यही भएको भन्दै उनले अहिले सरकार ठिक स्प्रिटमा अगाडी बढिरहेको बताइन् । तर अहिलेपनि निराशा बढाउने कोशिस गरिएपनि निराशा हुनपर्ने कारण भने नभएको उनको भनाइ थियो ।

नेपाली जनताले लामो संघर्षपश्चात् प्राप्त गरेको गणतन्त्र सबैले कुशलतापूर्वक काम गरेर जनताको मन जित्न सकियो भने सफल हुने भन्दै मन्त्री अर्यालले राम्रोढंगले काम गर्न नसकेमा, जनताको मन जित्न नसेकामा जनतामा आशंका/अविश्वास खडा हुने र गणतन्त्र पनि जोगाउन कठिन हुने बताइन् ।  

स्थानीय, प्रदेश तथा संघ सबैतिर कम्युनिष्टको बहुमत आउने कुरा कसैले कल्पना गरेको कुरा नरहेको अवस्थामा नेपालले सबैतिर बहुमत ल्याउदा अन्तराष्ट्रिय जगत पनि अचम्मित भएको भन्दै उनले दुनिया कसैले कल्पना नगरेको कुरा नेपालले व्यवहारबाट देखाइदिएको बताइन् । त्यसकारण अब गणतन्त्रलाई सफल बनाउने भनेको काम गरेर नै सफल बनाउनुपर्ने बताइन् ।

हिजोको परम्परावादी शैलीले अब कुनैपनि काम चल्न नसक्ने भन्दै मन्त्री अर्यालले हिजोकै मान्यता, सोच, काम गर्ने शैलीबाट पार नलाग्ने दाबी गरिन् । अहिलेपनि आक्रमण गर्ने, अनआस्था फैलाउने, अविश्वास खडा गर्ने, हाम्रो व्यवस्थामाथी प्रश्न उठाउने ठाउँमा पुर्‍याउनेगरी चलखेल शुरू भइसकेको भन्दै यी कुरालाई चिर्दै अगाडी बढ्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।

यी कुरामा सबै जनप्रतिनिधिहरू सचेत हुदै मसिनो ढंगले, सिर्जनशील ढंगले जनताको घरदैलोमा लाभान्वित हुने खालको काम गर्न मन्त्री अर्यालले स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गरिन् ।

एक वर्षको अवधीमा संघियतालाई कुशलतापुर्वक कार्यान्वयन गर्न सफल भएको भन्दै उनले यो सरकारले नेपालमा एक वर्षमा कुशलतापूर्वक संघियता कार्यान्वयन गर्न सकेर विश्वमै आश्चर्जनक काम गर्न सफल भएको बताइन् ।

अब विकासका निम्ती हिजोका नमिलेका पुराना कानुनहरूलाई संशोधन गर्दै जानुपर्ने भन्दै अहिलेको कानुन भनेको आजको आवश्यकतालाई समाधान गर्ने खालको हुनुपर्ने बताइन् । त्यसैअनुसार अहिले त्यो खालका कानुन निर्माणमा सरकारले फड्को मारेर अगाडी बढेको समेत मन्त्री अर्यालको भनाइ थियो ।

हिजोको दुई वर्ष अगाडीको स्थानीय पालिका र अहिलेको स्थानीय पालिकामा निकै भिन्नता आएको भन्दै उनले अब बिकासका निम्ती योजनाबद्ध तरिकाले स्थानीय पालिकामा जाने हो भने धेरै काम गर्न सकिने अपेक्षा राखिन् ।  

जनताले अनुभूत गर्ने सरकार भनेको स्थानीय तह भएको भन्दै सचेत भएर काम गर्न उनले स्थानीय पालिकाहरूलाई आग्रह गरिन् । विकास र समृद्धिको अभियानमा सहकारीलाई सामेल गराएर आर्थिक समृद्धिको अभियानमा योगदान दिन उनको आग्रह थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ