arrow

प्रचण्डका घरभेटीले ठेक्का पाएपछि मेलम्चीका प्रमुख फेरिए 

logo
प्रकाशित २०७६ असोज ५ आइतबार
prachanda-saradha.jpg

काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरभेटी शारदाप्रसाद अधिकारीले मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाए पछि मेलम्ची आयोजनाका प्रमुख पनि फेरिएका छन्। प्रचण्डका घरभेटीका दबाबमा खानेपानी मन्त्री विना मगरले मेलम्चीका आयोजना प्रमुख फेरेको स्रोतको भनाइ छ। 

गत बुधबारदेखि मेलम्चीका आयोजना प्रमुख सुर्यराज कँडेलको जागिरी गएको छ। उनको ठाउँमा मेलम्ची अन्तर्गन पिआइडि (आयोजना कार्यान्वयन इकाइ) का रितेशकुरमा खत्रीलाई ल्याइएको छ। कँडेललाई बुधबारदेखि नै खानेपानी मन्त्रालयमा तानिएको छ। त्यसो त कँडेल खानेपानी मन्त्री विना मगरसँग निकट मान्छिन तर प्रचण्डको धरभेटीको दबाबमा कँडेललाई मेलम्चीबाट हटाइएको कँडेल निकटहरु कर्मचारीहरु बताउछन्। तर कँडेलको कार्यकालमा मेलम्चीको काममा अबरोध आए पछि कँडेललाई फेर्नु परेको खानेपानी मन्त्री निकट कर्मचारीहरूको भनाइ छ। कँडेल स्वयम पनि नेकपासँग निकट मानिन्छन्।

कँडललाई यस्तो दिन मेलम्चीको प्रमुखबाट हटाइयो, त्यसको भोलीपल्ट बिहीबार मेलम्ची आयोजनाले आयोजनकोलागि टनेल र टनेलको मुहानमा हेडवक्सको काम पूरा गर्न चीनको सिनो हाइड्रो पावर कम्पनीसँग सम्झौता गर्ने कार्यक्रम तय गरिएको थियो। उक्त सम्झौता पत्रमा  मेलम्ची आयोजनाबाट प्रमुखको नाताले कँडेलले हस्ताक्षर गर्ने कार्यक्रम तय पनि गरिएको थियो। तर अघिल्लो दिन नै मेलम्ची प्रमुखबाट हटाइए पछि कँडेलले चिनिया कम्पनीसँग सम्झौता पत्रमा हस्ताक्षर गर्न पाएनन्। बिहीबार गर्ने भनिएको सम्झौता त्यस दिनको लागि स्थगित गरियो। केही दिन पछि उक्त कम्पनीसँग सम्झौता गर्ने कार्यक्रम तय गरिएको स्रोतको भनाइ छ। तर अव सो सम्झौता पत्रमा नव नियुक्त आयोजना प्रमुख खत्रीले हस्ताक्षर गर्ने भएका छन्।

प्रचण्डका घरभेटी अधिकारीले मेलम्ची खानेपानी आयोजना अन्तर्गत काठमाडौ उपत्यकामा खानेपानीको पाइप फेर्न करिब डेढ अर्व रुपैयाँको ठेक्का पाएका छन्। मेलम्चीको ठेक्का पाएको केही दिनमै उनले कँडेललाई आयोजना प्रमुखबाट हटाउन दबाब दिएको स्रोतको दावी छ। अधिकारीले यसअघि पनि उपत्यकामा पिआइडीको एउटा ठेक्का लिएका थिए। यसैगरी उनले एउटा सडकको पनि ठेक्का लिएका छन्।

हाल मेलम्चीका प्रमुख खत्री पिआडीमा हुँदा प्रचण्डका घरभेटी अधिकारीले पिआइडीको ठेक्का लिएका थिए। पिआइडीको जिम्मेवारी काठमाडौ उपत्यकाभित्र खानेपानीको पाइप फेर्नु हो । स्रोतको भनाइ छ, खत्री र अधिकारीवीच विशेष सम्बन्ध छ। यही सम्बन्धको उपयोग गर्दै खत्री मेलम्चीको आयोजनाका प्रमुख हुन सफल भएको स्रोतको दावी छ।  

मेलम्चीको प्रमुख काठमाडौ उपत्यका खानेपानी आयोजना (केयुकेएल)को सञ्चालक समितिको सदस्य हुने प्रावधान छ। त्यस हैसियतमा उनी केयुकेलको सञ्चालक समितिको बैठकमा उपस्थिति हुने गरेका थिए। अब यो अवसर खत्रीले पाउने छन्। केयुकेएल मेलम्ची खानेपानी आयोजना प्रयोजनको लागि स्थापना गरिएको हो।

केयुकेएलका तत्कालिन महाप्रवन्धक महेश भट्टराई र खानेपानी मन्त्री मगरको सम्बन्ध निकै विग्रेको बेला कँडेलले खानेपानी मन्त्रीलाई साथ दिएका थिए। करिब १५ दिन अघि मात्र केयुकेलमा भट्टराईको कार्यकाल सिद्धिएको छ। कार्यकाल सिद्धिएर भट्टराई पुल्चोक इञ्जिनियरिङ कलेजमा फर्केका छन्। अब कँडेलसँग खानेपानी मन्त्रीको सम्बन्ध चिसिएको छ । कँडेल खानेपानी मन्त्रालयका सहसचिव समेत हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ