arrow

दक्षिण अफ्रिकासंग पछारियो भारत

सिरिज १–१ को बराबरी, रोहित–कोहलीबीच टक्कर

logo
प्रकाशित २०७६ असोज ५ आइतबार
rohit.jpeg

काठमाडौं । दक्षिण अफ्रिका विरुद्धको तेस्रो टी–२० क्रिकेटमा भारतले निकै खराव प्रदर्शन गरेको छ । 

भारत ९ विकेटले पराजित भएको हो । घरेलु बैंगलुरुको मैदानमा आइतबार राति भएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै ९ विकेटको नोक्सानीमा १३४ रन मात्र बनायो । 

ओपनर शिखर धवनले २५ बलमा ३६ रन बनाए । रिसभ पन्त र रविन्द्र जडेजाले १९–१९ रन बनाए । हार्दिक पाण्डेयाले १४ रन बनाए बाहेक अरु कसैले डबल स्कोर खडा गरेनन् । 

कप्तान विराट कोहली र रोहित शर्माबीच कडा टक्कर भयो । दुवैले समान ९–९ रन बनाए । 

कागिसो रबाडाले ३ विकेट लिए । जोन फोर्टुइन र बिउरान हेन्ड्रिक्सले २–२ विकेट लिए । 

जवाफमा दक्षिण अफ्रिकाले १६.५ ओभरमा १ विकेटको नोक्सानीमा १४० रन बनायो । कप्तान क्विन्टन डे ककले ५२ बलमा नटआउट ७९ रन बनाए । 

कमजोरी बलिङ गरेको भारतका लागि हार्दिक पाण्डेयाले १ विकेट लिए । 

यो जितपछि दक्षिण अफ्रिकाले ३ खेलको सिरिजमा १–१ को बराबरी गरेको छ । एक खेल रद्द भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ