arrow
ADVERTISEMENT

मोदीले भारतीय शैलीमै भने अबकी बार फिर ट्रम्पकी सरकार

मुस्लिम आतंकवादसँग लड्न भारतसँग सहकार्य गर्ने ट्रम्पको घोषणा

logo
प्रकाशित २०७६ असोज ५ आइतबार
modi-trump3.jpg

अमेरिका। अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा उनको लागि लागेको नारा 'अबकी बार फिर मोदी सरकार ' लाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लागि प्रयोग गरेका छन्। उनले निकट भविष्यमै हुन गइरहेको अमेरिकी चुनावको पूर्वसन्ध्यामा मोदीको लागि चुनावी क्याम्पेनको नारा समेत तय गरेका छन्। उनले आफ्नो चुनावी शैलीमै भने, 'अबकी बार फिर ट्रम्पकी सरकार '।

टेक्सासको ह्युस्टनमा ५० हजार भन्दा बढी सहभागीहरुमाझ मोदीले अमेरिकी राष्ट्रपति ट्रम्पको उच्च प्रशंसा गरे। उनले ह्वाइट हाउसमा भारतको सच्चा साथीको रुपमा आफूले ट्रम्पलाई पाएको बताए। विश्वको राजनीतिमा चिनाइ राख्न नपर्ने नेताको रुपमा रहेका ट्रम्पलाई भारतीय सच्चा साथीको रुपमा पाएर आफू खुसी भएको उनले बताए। 

२०१७मा आफूलाई ट्रम्पले परिवारका सदस्य चिनाएको स्मरण गराउँदै मोदीले आज आफूले अमेरिकाको ह्युस्टनमा आफ्नो भारतीय परिवारलाई चिनाउन पाउँदा खुसी लागेको बताए।

ट्रम्पले ५० हजार भन्दा बढी संख्यामा उपस्थित भारतीय अमेरिकीहरुप्रति धन्यवाद व्यक्त गरेका थिए। उनले मोदीलाई पनि भारतीय चुनावमा पाएको जीतको लागि वधाई दिएका थिए। भारतीय प्रवासीप्रति गर्व रहेको उल्लेख गर्दै ट्रम्पले अमेरिकालाई बलियो बनाउन भारतीय आरवासीहरुको महत्वपूर्ण भुमिका रहेको समेत बताए। 

ट्रम्पले साझा सपना र उज्वल भविष्यका लागि सहकार्य गर्न आफू उत्साहित रहेको बताए। उनले हाउडी मोदी कार्यक्रममा आएर रोमाञ्चित भएको बताए। 

मोदीको कार्यकालमा ३० करोड भन्दा बढी गरिबीको रेखामाथि आएकोमा ट्रम्पले मोदीको प्रशंसा गरे। ट्रम्पले नयाँ रक्षा साझेदारीको कुरा उठाए। उनले मुस्लिम आतंकवादीसँग संयुक्त रुपमा लड्ने समेत बताए। सीमा सुरक्षाका लागि सहकार्य गर्ने समेत उनले बताए।

मोदीले ट्रम्को लागि उद्घोषण गरेका थिए भने ट्रम्पले मोदीका लागि उद्घोषण गरेका थिए। उनीहरुको केमेष्ट्री खुबै जमेको देखिन्थ्यो। 

ट्रम्पलाई मन्तव्यका लागि बोलाउँदा अग्रेजीमा बोलेका मोदीले आफ्नो मन्तव्य राख्ने क्रममा भने हिन्दीमा राखेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ