arrow

कांग्रेस संसदीय दलको बैठक : विधान संशोधनसहित पारित

नयाँ सरकारबारे कुरा भएन : खाँण

logo
प्रकाशित २०७२ चैत २२ सोमबार
nc-flag.jpg.jpeg
काठमाडौं । कासंग्रेस संसदीय दलको विधान संशोधन सहित सर्वसम्मतिले पारित भएको छ । संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले विधान संशोधन सहित पारित गरेको हो । यसअघि, संसदीयदलको विधानमा संविधानसभा अनुसारको व्यवस्था भएकाले अब व्यवस्थापिका संसदमा रुपान्तरण गर्ने निर्णय भएको पार्टी केन्द्रीय सदस्य बाँलकृष्ण खाँणले जानकारी दिए ।
 
बैठकपछी बाहिरिंदै नेता खाँडले भने, ‘संविधान जारी भइसकेको अवस्थामा संविधानसभा सम्बन्धि व्यवस्थाहरुलाई व्यवस्थापिका संसदमा रुपान्तरण गर्ने सहमति सहित विधान पारित भयो, विधानमा अधिकांश व्यवस्थाहरुमा संविधान सभा भन्ने उल्लेख भएकाले संशोधन गर्नु पर्ने छ ।’ यसअघि, नेपाली कांग्रेस संसदीय कार्यसमितिमा प्रत्येक पाँच विकास क्षेत्रबाट हुने गरेको प्रतिनिधित्व अब प्रादेशिक संरचना अनुसार हुने नेता खाँणले बताए ।
 
अब संघीय संरचना अनुसार सात प्रदेशबाट प्रतिनिधित्व हुने छ । संसदीय दलको बैठकमा दिवंगत कांग्रेस पूर्व सभापति एवं संसदीय दलका नेता सुशील कोइरालाप्रति श्रद्धान्जली अर्पण गरियो । यस्तै, कांग्रेसले आफ्नो समसामयिक आन्तरिक विषय र सरकारको गतिविधिबारे समेत छलफल गरेको नेताहरुले बताएका छन् । केन्द्रीय सदस्य खाँणका अनुसार संसदीय दलको बैठकमा वर्तमान अभाव, कालोबजारी, अव्यवस्था लगायतका विषयमा छलफल भएको छ । बैठकमा  न्यायपालिकामाथि हस्तक्षेप गर्ने सरकारी रबैयाको विरोध भएको छ । यद्यपि, राष्ट्रिय सहमतिको सरकार अथवा कांग्रेस सरकारमा जानेबारे भने छलफल भएको बारे खाँणले केही भनेनन् ।  
 
लगत्तै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने भनिएपनि पार्टी सभापतिको व्यस्तता र संसदीय दलका सदस्यहरु बाहिर निस्केकाले बैठक बस्न नसकेको खाँणले बताएका छन् । संसदीय दलको निर्णयलाई अनुमोदन गर्न र संसदीय दलको निर्वाचन सन्दर्भमा छलफल गर्न दिउँसो २ बजे केन्द्रीय कार्य समितिको बैठकले बस्ने भनिएकामा नेताहरुको व्यस्तताले निर्धारित समयमा बैठक हुन नसकेको हो । यद्यपि, बैठक आजै बस्ने नेताहरुले बताएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ