arrow
ADVERTISEMENT

मोदी अमेरिकामा सबैभन्दा भब्य स्वागत पाउने पहिलो विदेशी

logo
प्रकाशित २०७६ असोज ६ सोमबार
modi-trump4.jpg

काठमाडौं। भारतीय प्रधाानमन्त्री नरेन्द्र मोदी अमेरिकामा सबैभन्दा भब्य स्वागत पाउने पहिलो विदेशी पाहुना बनेका छन्। आइतबार राति भएको दुर्लभ संयुक्त कार्यक्रममा ५० हजार भन्दा बढी भारतीय मुलका अमेरिकीहरु सहभागी भएर मोदीको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वागत गरेका हुन्। टेक्सस राज्यको ह्युस्टनमा आयोजित कार्यक्रममा बोल्दै ट्रम्पले पूर्णतया ऐतिहासिक कार्यक्रम समेत भन्न भ्याएका छन्। कार्यक्रमको नाम नै ‘हाउडी मोदी’ राखिएको थियो। मोदीले पनि भाषणका क्रममा सन् २०२० मा हुने चुनावबाट फेरि पनि ट्रम्पको सरकार बन्ने बताए।

यो बोलीको भने भारतमा केही विरोधी स्वरहरु गुन्जिएका छन्। सायद बढी नै भनेको भएर होला ट्रम्पले मोदीलाई अमेरिकाको एक अति निष्ठावान्, इमान्दार र महान् मित्रको सङ्ज्ञा दिए।

ट्रम्पले भारतसँगको सुरक्षा सहयोग बढ्ने छिट्टै रक्षा सम्झौता गरिने बताएका छन्। ट्रम्पले आफ्ना नागरिकको रक्षा गर्न सीमाको रक्षा गर्नुपर्ने भन्दै पाकिस्तानप्रति केही अनुदार देखिएका थिए। अन्तर्राष्ट्रिय धेरै संचारमाध्यमले मोदी र ट्रम्पको क्यामेष्ट्रि मिलेको दावीसमेत गरेका छन्। जेहोस् मोदीलाई आयोजकहरूले अमेरिकामा पोपबाहेक अन्य विदेशी नेतालाई गरिएको त्यो नै अहिलेसम्मको सबैभन्दा भव्य स्वागत भएको बताएका छन्।यो स्वागतको चिसो कसलाई पर्ने हो त्यो भने केही दिनका गतिविधिले स्पष्टै पार्नेछ। 

 

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ