arrow

कोलम्बियामा ग्रिनेड आक्रमण, १६ जना घाइते

logo
सिन्ह्वा,
प्रकाशित २०७६ असोज ६ सोमबार
colombia-map.jpg

बोगोटा। मध्य अमेरिकी राष्ट्र कोलम्बियाको एउटा प्रहरी जाँच चौकीमा भएको ग्रिनेड आक्रमणमा कम्तीमा १६ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ। प्रहरीका अनुसार देशको उत्तरतर्फ रहेको सार्डिनाटा शहर नजिकै लस मर्सिडेजमा शनिबार अबेर राति उक्त आक्रमण भएको हो। उक्त नगर क्षेत्रमा स्थानीयबासी एउटा धार्मिक समारोहमा सहभागी भइरहेका बेला ग्रिनेड हमला गरिएको थियो।

प्रहरी अधिकृत फाबियान ओस्पिनाले आक्रमणबाट १४ जना स्थानीयबासी र दुई जना प्रहरी घाइते भएको जानकारी दिए। अर्को घटना नहोस् भन्नका लागि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको पनि ओस्पिनाले बताए।

सार्डिना नजिकैको टिबु नगर क्षेत्रमा पनि प्रहरीको गस्ती टोलीमाथि आक्रमण भएको थियो। तर उक्त घटनामा कोही पनि घाइते भएका छैनन्। घटनास्थलबाट प्रहरीले कोलम्बियाली क्रान्तिकारी सशस्त्र समूह (फार्क)का सैनिक कमान्डर भिक्टर सुवारेजको मृत्युसँग सम्बन्धित तस्वीर रहेका पर्चा बरामद गरेको छ। सरकार र वर्षौं छापामार युद्ध लडेको सशस्त्र समूह फार्कबीच सन् २०१६ मा शान्ति सम्झौता भइसकेको छ। सुवारेजको सन् २०१० मा सरकारी फौजसँगको भिडन्तमा मृत्यु भएको थियो। 

शान्ति सम्झौता पश्चात् फार्क समूह शान्तिपूर्ण राजनीतिमा आइसकेको छ। यस समूहका व्यक्तिहरु अहिले कोलम्बियाको संसदमा समेत निर्वाचत भएका छन्। तर पछिल्लो समय फार्कका कतिपय नेताले शान्ति सम्झौताका शर्तहरु सरकारले पूरा नगरेको भन्दै हतियार उठाउने धम्की दिइरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ