arrow
ADVERTISEMENT

कक्षाकोठा भत्किँदा सात बालबालिको मृत्यु

logo
प्रकाशित २०७६ असोज ६ सोमबार
school_new.png

 केन्या । केन्याको राजधानी शहर नैरोबीमा अवस्थित एक बिद्यालयको कक्षाकोठा  सोमबार भत्किँदा सातजना बालबालिकाको मृत्यु भएको केन्याली सरकारका प्रवक्ताले बताएका छन् ।

सो घटनामा परी सात व्यक्तिको मृत्यु हुनुको साथै ५७ जना घाइते भएका सरकारी प्रवक्ताले पुष्टि गरेको समाचारमा जनाइएको छ । घटनापछि नौरोबीको डागोरेट्टी क्षेत्रमा रहेका सयौँ स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।

स्थानीय समयाअनुसार बिहान करिब ७ बजे सो कक्षाकोठा भत्किएको र त्यसमा परी विद्यार्थीहरूको ज्यान गएको हो । यहाँका विद्यार्थीहरु केही समय अघि मात्र कक्षाकोठामा छिरेका थिए । सो घटनापछि उद्धारकर्ताहरूले उद्धार कार्य जारी राखेका बताइएको छ । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ