arrow
ADVERTISEMENT

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्रीको संयुक्त सम्बोधन

logo
एएनआइ,
प्रकाशित २०७६ असोज ६ सोमबार
modi-trump-tx.jpg

वासिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार अमेरिकामा आयोजित एक कार्यक्रमलाई संयुक्त सम्बोधन गरेका छन्। भारतीय मूलका दशौँ हजार अमेरिकी नागरिक र हाल अमेरिकामा बसिरहेका भारतीय नागरिकको सहभागीता रहेको सो कार्यक्रमलाई उहाँहरुले संयुक्त सम्बोधन गर्नुभएको समाचारमा जनाइएको छ। सो कार्यक्रम टेक्सस राज्यको ह्युन्स्टनमा आयोजना गरिएको थियो। त्यस कार्यक्रममा उहाँहरुलाई आयोजकले भव्य रुपमा स्वागत गरेका बताएको छ।

समाचारमा जनाइएअनुसार उक्त कार्यक्रममा करिब ५० हजार मानिस सहभागी रहेका थिए। अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीलाई गरिएको सो स्वागत कार्यक्रम र उक्त कार्यक्रममा भएको बृहत उपस्थितिबाट पनि यसलाई एक ऐतिहासिक कार्यक्रम भएको भनि टिप्पणी गरिएको छ।

उक्त कार्यक्रममा बोल्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पको र अमेरिकी राष्ट्रपति ट्रम्पले बोल्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीको प्रशंसा गरेका थिए।

प्रधानमन्त्री मोदीले सम्बोधनमा आफूले अमेरिकी राष्ट्रपति ट्रम्पलाई कैयौँ पटक भेट गरेको र उनमा आफूले आत्मीयता पाएको भनी टिप्पणी गरेका थिए। त्यस क्रममा प्रधानमन्त्री मोदीले सन् २०२० मा अमेरिकामा हुने राष्ट्रपतीय निर्वाचनबाट फेरि पनि ट्रम्पको सरकार बन्ने धारणा राखेका थिए। 

पछि राष्ट्रपति ट्रम्पले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा हालैको लोकसभा निर्वाचनमा विजयी भएर भारतको प्रधानमन्त्रीमा नियुक्त भएकोमा भारतीय प्रधानमन्त्री मोदीलाई बधाई दिएका थिए। 

राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीको प्रसंशा गरेका थिए। उनले प्रधानमन्त्री मोदीका कारण भारतमा गरिबीबाट मुक्तिका क्षेत्रमा योगदान पुगेको बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ