arrow
ADVERTISEMENT

कक्षाकोठा भत्किँदा सात बालबालिको मृत्यु

logo
एएफपी
प्रकाशित २०७६ असोज ६ सोमबार
kenya-physical-map.jpg

नैरोबी। केन्याको राजधानी शहर नैरोबीमा अवस्थित एक बिद्यालयको कक्षाकोठा  सोमबार भत्किँदा सातजना बालबालिकाको मृत्यु भएको केन्याली सरकारका प्रवक्ताले बताएका छन्। 

सो घटनामा परी सात व्यक्तिको मृत्यु हुनुको साथै ५७ जना घाइते भएका सरकारी प्रवक्ताले पुष्टि गर्नु भएको समाचारमा जनाइएको छ। घटनापछि नौरोबीको डागोरेट्टी क्षेत्रमा रहेका सयौँ स्थानीय बासिन्दा आक्रोशित भएका छन्।

स्थानीय समयाअनुसार बिहान करिब ७ बजे सो कक्षाकोठा भत्किएको र त्यसमा परी विद्यार्थीहरूको ज्यान गएको हो। यहाँका विद्यार्थीहरु केही समय अघि मात्र कक्षाकोठामा छिरेका थिए। सो घटनापछि उद्धारकर्ताहरूले उद्धार कार्य जारी राखेका बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ