arrow
ADVERTISEMENT

ट्रम्प र मोदीको ‘हाउडीमोदी’मा पाकिस्तान बिरुद्ध प्रदर्शन

स्वतन्त्र देश बनाउन सहयोगको अपेक्षा

logo
प्रकाशित २०७६ असोज ६ सोमबार
baloch-demonstration-housto.jpg

एजेन्सी। अमेरिकाको ह्युस्टनमा बालुचिस्तानी, सिन्धी र पस्तुहरु भेला भएर पाकिस्ताननबाट आफुलाई स्वतन्त्र बनाउन प्रदर्शन गरेका छन्।

अमेरिकी राष्ट्रपति र भारतीय प्रधानमन्त्रीले ‘हाउडीमोदी’ कार्यक्रममा सम्बोधन गरेका थिए। उक्त स्थान बाहिर जम्मा भएर पाकिस्तानको ज्यादती बिरुद्ध प्रदर्शन पनि भएको थियो। उक्त प्रदर्शनमा जसरी भारतले बंगलादेशलाई सहयोग गरेको थियो त्यसरी नै बालुचिस्तान-सिन्ध र पस्तुलाई पनि स्वतन्त्र हुन सहयोग गर्नुपर्ने भन्दै प्रदर्शन भएको थियो।

अमेरिकामा रहेका बालुच समुदाय, सिन्धी समुदाय र पस्तु समुदायका मानिसहरु बिभिन्न राज्यहरुबाट ह्युस्टनमा जम्मा भएका थिए। उनीहरुको माग विश्वका दुई ठूला र पुराना प्रजातान्त्रीक नेताले पाकिस्तानको ज्यादतीबाट मुक्ति दिलाउन मदत गर्नु पर्छ भन्ने थियो।

पाकिस्तानले उक्त प्रान्तहरुमा ज्यादती गरिरहेको र उक्त क्षेत्रका नागरिकहरुलाई बेपत्ता पार्नेदेखि अत्याचारसम्म गरिरहेको उनीहरुले बताएका थिए। बालुचिस्तानका अधिकारकर्मी नावी बख्स बालुचले भने ‘ पाकिस्तानले हाम्रो क्षेत्र नछाडेसम्म शान्ती असंभव रहेको छ।‘

‘हामी डोनाल्ड ट्रम्प र नरेन्द्र मोदीसँग बंगलादेश स्वतन्त्र हुन गरेको सहयोग जस्तै अपेक्षा लिएर यहाँ आएका हौं। पाकिस्तानी सरकारले हाम्रा नागरिकहरु बिरुद्ध ज्यादती गरिरहेको छ।‘ बालुचले भने।

आइतवार हुने ‘हाउडीमोदी’ कार्यक्रमका लागि उनीहरु शनिवार नै ह्युस्टन आएका थिए।

‘पाकिस्तानको ज्यादती बिरुद्ध हामीले नबोले कस्ले बोल्ने ? त्यही भएर हामी यहाँ आएका हौं।‘ बालुचले भने। ‘पाकिस्तानका बिदेश मन्त्रीले भारतले जम्मु काश्मिरलाई संसारकै ठूलो पिंजडा बनाएको आरोप लगाउँदा हाम्रो बारेमा सोच्न पर्दैन ? ‘ बालुचको प्रश्न थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ