arrow

वैदेशिक रोजगार व्यवसायी संघमा बिष्णुप्रसाद गैरे समुहको पल्लाभारी

हामी चुप बसेनौ, व्यवसायीका मुद्धा उठाएका छौ: गैरे

logo
प्रकाशित २०७६ असोज ६ सोमबार
forign-employ-election.jpg

काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्वका लागि मङ्गलबार निर्वाचन हुँदैछ। संघको नेतृत्वमा पुग्नका लागि लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस निकट व्यवसायीहरु ‘प्यानल’ नै बनाएर अगाडि बढेका छन्।

संघको २७ औँ साधारणसभापछि मंगलवार नै निर्वाचन गर्ने कार्यतालिका तय गरिएको छ। संघको नयाँ नेतृत्व चयनको लागि हुने निर्वाचनमा सहभागी हुन ६५८ प्रतिनिधिले नाम दर्ता गराएका छन्। म्यानपावर सञ्चालन गर्न धरौटी बढाएसँगै ८५४ म्यानपावर कम्पनी कायम भए पनि १९६ कम्पनीले प्रतिनिधि पठाएका छैनन्।

कांग्रेस निकट व्यवसायीहरुको संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट अध्यक्षमा विष्णुप्रसाद गैरेको उम्मेदवारी परेको छ। नेकपा लगायतका प्रगतिशील समूहको तर्फबाट अध्यक्षमा सरोजकुमार पोखरेल लगायतले उम्मेदवारी दिएका छन्। 

त्यसैगरी नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङको उम्मेदवारी परेको छ ।

यसैगरी सदस्यमा दिनेशकुमार रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बू, विजय लामा, बाबुलाल मगर, केवशराज न्यौपाने, छविलाल भट्टराई, जङ्गबहादुर इजम र लक्ष्मण पौडेलको उम्मेदवारी दिएका छन् ।

संघको २७ औँ साधारणसभापछि मंगलवार नै निर्वाचनको कार्यतालिका तय गरिएको छ। संघको नयाँ नेतृत्व चयनको लागि हुने निर्वाचनमा सहभागी हुन ६५८ प्रतिनिधिले नाम दर्ता गराएका छन् । म्यानपावर धरौटी बढाएसँगै ८५४ म्यानपावर कम्पनी कायम भए पनि १९६ कम्पनीले प्रतिनिधि पठाएका छैनन्। 

वैदेशिक रोजगारी व्यवसायीलाई २ करोड धरौटी राख्ने वाध्यकारी व्यवस्था गरेपछि धेरै व्यवसायीहरु पेशाबाट पलायन भएको अध्यक्षका उमेद्वार गैरेले बताए। ' कतिपय कम्पनी बन्द भएका छन कतिपय मर्जरमा गएका छन् '। उनले भने 'सरकारले ऐन संसोधन मार्फत सिन्डिकेट जमाउने गरि केहि पूँजीपतिलाई पोस्ने कार्यले व्यवसाय नै चौपट भएको छ। यसबाट धेरै व्यवसायीहरु हतोत्साहित भएका छन्। ६ सयको हाराहारीमा कम्पनी वन्द भएका छन्। '

वर्तमान सरकार आएसँगै वैदेशिक रोजगार व्यवसायलाई नियन्त्रण गर्ने सोचबाट अघी बढिरहँदा वैदेशिक रोजगार व्यवसायी संघका नेताहरु ऐनको मौन समर्थनमा रहेको कारण अधिकांश व्यवसायीहरु वर्तमान नेतृत्वको विपक्षमा रहेको स्वयं व्यवसायीहरु बताउँछन्। व्यवसायीको पक्षमा रहेकै कारण पनि गैरै समुहको जीत पक्का रहेको दावी उनीहरुको छ। 

वैदेशिक रोजगार ब्यवसायलाई व्यवस्थित र मर्यादित बनाउने आफूहरुको एजेण्डा रहेको गैरैले बताए। बैदेशिक रोजगारले अर्थतन्त्रको क्षेत्रमा महत्वपूर्ण योगदान दिए पनि बर्तमान सरकारले बैदेशिक रोजगार व्यवसायीलाई त्रसित बनाएको प्रथम उपाध्यक्षका उमेद्वार कमल तामाङले बताए। 

बर्तमान सरकारले बैदेशिक रोजगार क्षेत्रलाई तहसनहस पारेको र ब्यवसायीलाई त्रसित बनाएको उल्लेख गर्दै बैदेशिक रोजगारको पेशा र क्षेत्रलाई ब्यवस्थित र मर्यादित बनाउन आफूहरु लागिपर्ने तामाङले बताए। 

व्यवसायीहरु व्यवसायीकसँगै वैचारिक हिसाबले समेत फरक कित्तामा उभिएपछि कांग्रेसले चुनावमा आफू निकटका व्यवसायीहरूलाई समन्वय गर्न नेता लेखकलाई जिम्मा दिएको छ। अन्तिम चुनावी कार्यक्रममा लेखकसँगै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण र केन्द्रीय सदस्य गुरु घिमिरेले व्यवसायीका मागमा कांग्रेसको ऐक्यवद्धता जनाए।Image may contain: 6 people, people standing

Image may contain: 17 people, text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ