arrow

रक्षा हेर्ने समाचारदातालाई सेनाको तालिम

logo
प्रकाशित २०७२ चैत २२ सोमबार
Press-traning-w-sena.jpg.jpeg
काठमाडौं । राष्ट्रिय सञ्चारमाध्यममा रक्षा बिटमा कार्यरत समाचारदाताका लागि नेपाली सेनाले छ दिने अभिमुखीकरण तालिम गरेको छ । 
 
अभिमुखीकरणका क्रममा समाचारदातालाई नेपाली सेनाको इतिहास, गठन, जिम्मेवारी, सङ्गठनात्मक स्वरुप, चेनअफ कमाण्ड, राष्ट्रिय सुरक्षाको जिम्मेवारीका अतिरिक्त विकास निर्माण, पर्यावरण र प्रकृति संरक्षणमा सेनाको भूमिका बारेमा जानकारी गराइएको थियो । 
 
सङ्गठनलाई अघि बढाउने सन्दर्भमा प्रधानसेनापति राजेन्द्र क्षत्रीको मार्ग निर्देशका साथै नेपाली सेनाको विभिन्न विभाग, युनिट, नियुक्ति, दर्जा, दज्र्यानी चिह्न र प्रचलित सैनिक शब्दावलीका बारेमा समेत सम्बन्धित निर्देशनालयका तर्फबाट स्पष्ट पारियो । 
 
अभिमुखीकरणका क्रममा समाचारदातालाई रसुवाको धुञ्चेस्थित नारायण दल गणबाट वन्यजन्तु निकुञ्जको सुरक्षामा भएको योगदान, नेपाली सेनाले काम गर्दै आएको मैलुङ–स्याफ्रु सडक, पाँचखालस्थित तालिम केन्द्रबाट विश्व शान्ति स्थापनार्थ खटी जाने सैनिकलाई दिइँदै आएको तालिमबारे जानकारी गराइयो । 
 
युद्ध कार्य निर्देशनालयका साथै इन्जिनियर विभागलगायतबाट राष्ट्रिय विकास निर्माण, राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलकुदका क्षेत्रमा हुँदै आएको योगदानबारे जानकारी गराइयो ।  सैनिक जनसम्पर्क निर्देशनालयले विभिन्न सञ्चारगृहमा कार्यरत रक्षा संवाददातालाई सहभागी गराई जङ्गी अड्डामा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको  यो चौथोपटक हो । अभिमुखीकरणमा २० समाचारदाता र रक्षा मन्त्रालयका एकजना प्रतिनिधिको सहभागि थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ