arrow

हिंसाको ‘औषधी’ खोज्दै स्याङ्जाका महिला, लागुऔषध दुव्र्यसनी रोक्न आफै अग्रसर

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७२ चैत २२ सोमबार
syanja-women.JPG.jpeg
स्याङ्जा । पछिल्लो समय स्याङ्जामा लागुऔषध दुव्र्यसनीका कारण आफुहरु हिंसामा परेको भन्दै त्यसको न्यूनिकरणका लागि महिलाहरु आफै जुटेका छन् । जिल्ला विकास समितिको आर्थिक सहयोगमा आमा मिलन केन्द्रले महिलाहरुलाई लागुऔषध न्यूनीकरणमा टेवा पुग्ने उदेश्यले महिलाहरु जुट्ने वातावरण बनाइदिएको हो । स्याङ्जाको वालिङमा लागुऔषध सम्बन्धी न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा महिलाहरुलाई प्रशिक्षण दिइएको बताइएको छ । समाज परिवर्तनमा महिलाको पनि महत्वपूर्ण भुमिका हुन्छ भन्ने अभिप्रायले आमा मिलन केन्द्रको अगुवाईमा महिलाहरु प्रशिक्षित भएका हुन् ।  
 
लागुऔषध दुव्र्यसनीका कारण समाजमा वेथिती, उश्रृंखलता र हिंसा जन्य घटनाहरु बढेकाले त्यसको निराकरणका लागि महिलाहरुलाई प्रशिक्षित गरेको स्थानीय विकास अधिकारी महेश भट्टराईले बताए । अवको समाज हिंसारहित बनाउनका लागि लागुऔषध नै न्यूनिकरणमा लाग्नु पर्ने भट्टराईको भनाई छ । पछिल्लो समय किशोरी र महिलाहरु नै लागुऔषधको दुव्र्यसनीमा फस्न थालेकोले यसको रोगथामका लागि स्थानीय निकायले महिलाहरुलाई नै अघि सारेको भट्टराईले बताए ।  
 
नेपाल लगायत विश्व व्यापी रुपमा बढेको लागुऔषध दुव्र्यसनीले समाज लगायत सबैलाई घृणित बनाएको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले बताए । यो प्रशिक्षणले लागुऔषध दुव्यसनीलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने तर्फ सबै केन्द्रित रहन पौडेलको सुझाव छ । लागुऔषध दुव्र्यसनीको प्रशिक्षण पछि सहभागीहरुले अन्य महिलाहरुलाई पनि प्रशिक्षित गर्नुपर्ने धारणा अध्यक्ष पौडेलको छ । प्रशिक्षणमा वालिङ लगायत आसपासका करिव ६० जना महिला सहभागि थिए । आमा मिलन केन्द्रकी अध्यक्ष सुनिता पौडेलले लागु औषध दुव्र्यसनी रोक्न महिला नै अग्रर हुनु पर्नेमा जोड दिइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ