arrow

ट्रम्पले इमरानलाई सोधे यस्ता पत्रकार कहाँबाट ल्याएको

ट्रम्पले भने मध्यस्थतामा भारतको सहमति आवश्यक, तेस्रो पक्षको मध्यस्थता भारतबाट अस्विकार

logo
प्रकाशित २०७६ असोज ७ मंगलबार
trump-imran.jpg

काठमाडौं। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अहिले संसारभरका राष्ट्र प्रमुख, सरकार प्रमुख लगायतका उच्च नेतृत्व पुगेका छन्। यस बीचमा विभिन्न दिपक्षीय र वहुपक्षिय भेटघाट तथा वैठक पनि चलिरहेको छ। 

यहि क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अमेरिकाको भ्रमणलाई लिएर विभिन्न टिप्पणी भइरहेका छन्। 

ह्युस्टनको हाउडी मोदी कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीको केमेष्ट्रीसँग पाकिस्तानका प्रधानमन्त्री खानको तुलना समेत भएको छ। 

ट्रम्प र मोदीको केमेष्ट्रीसँग खान कमजोर देखिएको टिप्पणी सञ्चार माध्यमा भइरहेको छ। मोदीलाई एयरपोर्टमै रेड कार्पेट विछ्याएको अमेरिकाले खानलाई एयरपोर्टमा सानो म्याट मात्र विछ्याएको विषय पनि मिडियामा चर्चामा रहेको छ। 

मोदीलाई एयरपोर्टमा अमेरिकी अधिकारीहरुले स्वागत गरे पनि खानलाई कुनै पनि अमेरिकी अधिकारीहरु स्वागत गर्न नआएको र पाकिस्तानी अधिकारीहरुले मात्र स्वागत गरेको विषय पनि सञ्चारमाध्यममा छायो।एक महिना भित्र दोस्रो पटक अमेरिका पुगेका खानले दोस्रो पटक पनि अमेरिकी राष्ट्रपतिलाई काश्मिर विवादमा ट्रम्पलाई मध्यस्थताका लागि आग्रह गरे। 

यसअघी मध्यस्थताका लागि तयार भएको बताउने ट्रम्पले यसपटक भने आपसी सहमतिबाट समस्या सुल्झने आशा व्यक्त गरे। उनले मध्यस्थताका लागि दोस्रो पक्ष अर्थात भारतको पनि मञ्जुरी आवश्यक हुने बताउन चुकेनन्। 

भारत भने काश्मिर विवादमा तेस्रो पक्षको मध्यस्थतालाई इन्कार गर्दै आएको छ। धारा ३७० हटाएर काश्मिरलाई मुलधारमा ल्याउने कार्य आन्तरिक मामिला भएको भारतको तर्क छ। 

भारतीय प्रधानमन्त्री मोदीसँग ह्युस्टनमा हाउडी मोदीको सभालाई संयुक्त संबोधन गरेका ट्रम्प मोदीको संबोधन सुन्न पूर्व निर्धारण नभएको जलवायु परिवर्तन सम्वन्धि राष्ट्रसंघीय कार्यक्रममा १५ मिनेटकै लागि भएपनि पुगेको विषय पनि खासगरि भारतीय चर्चामा रहेको छ। ट्रम्प मोदीको भाषणमा ताली बजाइरहेको दृश्य मिडियामा छाएको थियो।  

ट्रम्प र खानको पत्रकार सम्मेलनमा पनि खान खासै खुल्न नसकेको दृश्यहरु पनि सार्वजनिक भएको छ। सोहि पत्रकार सम्मेलनमा एक पाकिस्तानी पत्रकारले काश्मिरमा मानवअधिकारको उलंघन भएको लगायतका कुरा राखेर अमेरिकाले काश्मिरका लागि के गर्छ भन्ने प्रश्नमा ट्रम्पले खानतर्फ हेर्दै यस्ता पत्रकार कहाँबाट ल्याएको भनेर सो प्रश्नलाई नै वेवास्ता गरेका थिए। 

यसैबीच भारतीय प्रधानमन्त्री मोदीले अमरेकी राष्ट्रपति ट्रम्पसँग मंगलवार ‍औपचारीक वार्ता गर्दैछन्। यो भेटमा दुई देशबीच रक्षा लगायत अन्य व्यावसायिक मुद्धामा सहमति हुने बताइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ