arrow

ओलीको बाेली ‘नक्कली समस्या देखाई लाभ लिनेलाई पराजित गर्छौं’

logo
प्रकाशित २०७२ चैत २२ सोमबार
oli-parti-office-new.jpg.jpeg
नक्कली काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका बारेमा अनेक खाले हल्ला फैलाउने कुरालाई सरकारले वास्ता नगर्ने बताएका छन् । एमालेका नेता रामनाथ ढकालको प्रथम स्मृती दिवशका अवशरमा पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘वास्तविक समस्याको समाधान गर्न सरकार तयार छ, तर नक्कली समस्या सिर्जना गरेर त्यसबाट लाभ लिन खोज्नेलाई सरकारले पराजित गर्छ ।’
 
ओलीले मधेस समस्याका नाउमा भइरहेको आन्दोलनप्रति कटाक्ष गर्दै नक्कली समस्या सिर्जना गर्नेलाई पराजित गर्ने बताएका हुन् । कालोबजारी र अभावबारे चर्को आलोचना भइरहेपनि ओलीले गाम्भीर्यताबारे खासै कुरा खोलेनन् । सरकारले स्वाभीमानलाई बचाएर काम गर्नेृ कुरामा शंका नगर्न ओलीले सबैलाई आग्रह गरे । सरकार देशको एकता, विकास र समृद्धीका लागि प्रतिवद्ध रहेको समेत प्रधानमन्त्री ओलीले सुनाए ।  
 
संविधान निर्माणका लागि स्वर्गिय नेता ढकालको ठूलो भूमिका रहेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले संविधानको उपभोग गर्न नपांउदै ढकालको मृत्युले आफूलाई दुःखी बनाएको बताए । ओलीले भने, ‘रामनाथ जीले हामीलाई छोडेर गए पनि उहाँको विचार  र भावनालाई बोकेर हिड्ने थुप्रै नेता कार्यकर्ता एमाले छन् ।’ ओलीले ढकालको विचार व्यबहारमा लागु गर्न र सपनालाई पुरागर्न एमाले सक्षम छ–भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ