arrow

हवाई कारबाहीमा नौ तालिबान लडाकू मारिए

logo
सिन्ह्वा,
प्रकाशित २०७६ असोज ७ मंगलबार
afghanistan-map-1.jpg

कलात। अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा सोमबार तालिबान लडाकूविरुद्ध भएको नेटोआवद्ध संयुक्त सेनाले गरेको हवाई कारबाहीमा परी नौ तालिबान लडाकू मारिएका स्थानीय स्रोतले मङ्गलबार जनाएको छ।

कलात प्रान्तको प्रान्तीय राजधानी कलात शहरको ओमकाई इलाकामा तालिबान लडाकूको अखाडालाई लक्षित गरी सो हवाई कारबाही भएको बताइएको छ। गुप्तचर निकायको सहयोगमा नेटोआवद्ध संयुक्त सेनाले सो हवाई कारबाही गरेको जनाइएको छ। यस कारबाहीमा सर्वसाधारणको हताहतको भने कुनै समाचार प्राप्त भएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ