arrow

अल्जेरियाको अस्पतालमा आगलागी, आठ नवजात शिशुको मृत्यु 

logo
एएफपी,
प्रकाशित २०७६ असोज ७ मंगलबार
algeria-map.gif

अल्जियर्स। अल्जेरियाको पूर्वी भागमा मङ्गलबार बिहान सबेरै एक अस्पतालको प्रसूति इकाइतर्फ भएको आगलागीमा परी आठ नवजात शिशुको मृत्यु भएको आकस्मिक सेवाले जनाएको छ। राजधानी अल्जियर्सबाट करिब ५ सय किलोमिटर टाढा रहेको ओयुड सोउफमा रहेको यस अस्पतालमा स्थानीय समयानुसार बिहान ३:५० बजे सो आगलागी भएको जनाइएको छ।

अस्पतालबाट ११ नवजात शिशु, १ सय ७ महिला र २८ जना कर्मचारीको उद्धार गरिएको आकस्मिक सेवाका प्रवक्ता नसिम बेनाओवीले एएफपी समाचार समितिलाई बताउनु भएको छ। दुर्भाग्यबस आठ शिशुको भने मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ