arrow

पेट्रोल बिना चल्ने अत्याधुनिक मोटरसाइकल : जो लड्दैन

logo
प्रकाशित २०७२ चैत २२ सोमबार
lit.jpg.jpeg

काठमाडौं। अमेरिकाको सनफ्रान्सिस्कोस्थित अटोमोबाइल कम्पनी ‘लिट मोटर्स’ले एक इलेक्ट्रिक मोटरसाइकल बनाएको छ। उक्त मोटरसाइकलमा 'सेल्फ व्यलेन्सिङ्ग टेक्नोलोजि' का कारण स्थिर रहनेछ। जस कारण पल्टने सम्भावना रहनेछैन। यो मोटरसाइकल एक इलेक्ट्रिक भेइकल हो। कम्पनीले उक्त मोटरसाइकललाई ‘लिट–१’नाम दिएको छ।

उक्त मोटरसाइकल सन् २०१४ मा सडकमा उत्रने बताए पनि प्राविधिक कारणले हाल  सम्म बजारमा आउन सकेको छैन। सो मोटरसाइकलको सुरुवाती मूल्य २० लाख नेपाली रुपैयाँ बढी हुनेछ। मोटरसाइकल निर्माता कम्पनीले उक्त मोटरसाइकललाई रोलिङ स्मार्टफोनको भन्ने गरेको छ।सो सवारी साधनमा  ४० किलोवाटको इलेक्ट्रिक मोटर रहने कम्पनीले जनाएको छ । जो २ सय किलोमिटर प्रतिघण्टासम्मको गतिमा गुड्न सक्दछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ