arrow

लालबाबु राउतलाई उपेन्द्र यादवसँग भिड्न गगन थापाको चुनौती

कम्युनिष्ट सरकार कम्बोडियाको हुन्सन मोडेललाई पछ्याउँदै

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ असोज ७ मंगलबार
gagan-thapa4.jpg

जनकपुरधाम । पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारमा बसेर संविधानको विरोध गर्नु निर्लज्जताको पराकाष्ठा भएको बताएका छन् । जनकपुरधाममा मंगलवार आयोजित पत्रकार सम्मेलनमा नेता थापाले प्रदेश नम्बर दुईको सरकारतर्फ लक्षित गर्दै नेता थापाले उपप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भिड्न नसक्ने प्रदेश सरकारका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले सरकारमै बसेर बिरोध भाषामा अभिव्यक्ति दिनु निर्लज्जताको नग्न पराकाष्ठा भएको बताए  ।

अर्को प्रसगंमा थापाले अधिकारको नाममा लडिरहेको देखाउन जनतालाई भ्रममा नपार्न प्रदेश सरकारलाई आग्रह गर्दै आफ्ना अध्यक्षसँग लडेर, संघीय सरकारबाट हटेर देखाउन चुनौती दिए। अहिलेको संविधानमा केही कमिकमजोरी रहेपनि जनताको संविधान रहेको भन्दै संविधानको रक्षा गर्दै संशोधनका लागि कांग्रेस लागि पर्ने बताए ।

त्यस्तै  युवा नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड' समेतले  मुलुक र व्यवस्था खतरामा रहेको भनेर  लोकतान्त्रिक व्यवस्थालाई खतरामा पार्न आतुर रहेको आरोप लगाए ।

कम्युनिष्ट सरकारले कम्बोडियाको हुन्सेन मोडेललाई पछ्याउँदै संघीय लोकतान्त्रिक व्यवस्था अन्त्य गर्न खोजेको पनि थापाले आरोप लगाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ