arrow

बेलायती प्रधानमन्त्रीको निर्णय सर्वोच्च अदालतले उल्टाइदियो

logo
प्रकाशित २०७६ असोज ७ मंगलबार
uk-queen-pm.jpg

काठमाडौं। बेलायतको सर्वोच्च अदालतले प्रधानमन्त्री बोरिस जोनसनले ५ हप्तालाई संसद निलम्बन गर्ने कार्यलाई उल्टाइदिएको छ। अदालतले प्रधानमन्त्रीको कार्य गैरकानूनी भएको फैसला सुनाएको छ।

अदालतले संसदलाई कर्तव्य निर्वाह गर्न रोक्नु गलत भएको जनाएको छ। प्रधानमन्त्री भएयता आफ्ना महत्वपूर्ण प्रस्ताव संसददेखि अदालतसम्मले उल्टाइदिदा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा गर्न भने अस्वीकार गर्ने जनाएका छन्।

यसअघि बेलायतमा आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव सांसदहरूले अस्वीकृत गरिदिएका थिए। समय अगावै निर्वाचन गराउन खोज्ने उनको चाहनालाई संसदले अस्वीकृत गरिएको थियो।  

हाउस अफ कमन्समा भएको मतदानमा आमनिर्वाचनको पक्षमा आवश्यक दुई तिहाइ मत ल्याउन प्रधानमन्त्री असफल भएका हुन्। सरकारले ४३४ मत ल्याउनु पर्नेमा पक्षमा २९८ मत मात्र खसेको थियो भने विपक्षमा ५६ मत खसेको थियो। जोनसनले आउँदो अक्टोबर १५ तारिखमा आमनिर्वाचन गराउने प्रस्ताव गरेका थिए।

ब्रेक्जिटबाट बाहिरिने मिति अगाडि नै उनले निर्वाचन गराउन चाहन्थे। ब्रेक्जिटको अन्तिम मिति अक्टुबर १९ हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ