एजेन्सी। हाम्रो देश नेपाल मात्र होइन संसारका अरु देशमा पनि जनताहरु नेतासँग रुष्ट भएका घटनहरु पाइन्छ।यस्तै घटना मध्ये मेक्सिकोको एउटा सानो शहरमा मेयरको चुनावमा भएको नेताप्रति जनताको निराशा उदाहरण रुपमा लिन सकिन्छ।
त्यस शहरको मेयरको चुनावमा लड्ने सबै अपेक्षित उम्मेदवारसँग त्यहाँका जनताहरुको यति धेरै नैराश्यता रह्यो कि आगामी मेयरको चुनावमा सबै उम्मेदवारको विरोधको रुपमा बिरालोलाई अफ्नो उम्मेदवार बनाइ सामाजिक सञ्जालमा प्रचार शुरु गरे।
सर्वप्रथम चारजना युवा साथीहरुबाट शुरु गरिएको यो अभियान पछि गएर सामाजिक सञ्जाल मार्फत धेरैले प्रशंसा गरे र नारा पनि बनाए। ' अव मुसा छुचुन्द्रालाई होइन बिरालोलाई भोट दिउँ '। टिशर्टमा बिरालोको फोटो सँगसँगै 'एस व्वि क्याट' लेखेर युवाहरु गल्ली गल्ली प्रचार प्रसारमा जुटेका थिए।